भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

राज्यको लगानी खेर जान नदिन भक्तपुरका संघीय तथा प्रदेश सांसदहरु एकै ठाउँमा

राज्यको लगानी खेर जान नदिन भक्तपुरका संघीय तथा प्रदेश सांसदहरु एकै ठाउँमा

भक्तपुर । भक्तपुरमा यातायात कार्यालय बागमती प्रदेशको भवन निर्माण गर्न संघीय तथा प्रदेश सांसद एकै ठाउँमा आएका हुन । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ हाँके डाडामा यातायात कार्यालय बागमती प्रदेशको भवन निर्माणमा भइरहेको ढिलाईप्रति ध्यान दिदै राज्यको लगानी खेर जान नदिन शनिबार बैठक बस्दै संघीय तथा प्रदेश सांसदहरु एकै ठाउँमा आएका हुन ।राज्यको लगानी खेर जान नदिन भक्तरका संघीय तथा प्रदेश सांसदहरु एकै ठाउँमा

बैठकमा सांसदहरुले सूर्यविनायक नगरपालिका वडा नं ७ मा निर्माणका लागि अघि बढेको यातायात कार्यालय निर्माणमा भएको ढिला सुस्तीप्रति ध्यानकर्षण समेत भएको भन्दै सांसदहरुले निर्माण प्रक्रिया टेण्डर समेत आह्वान भइसक्दा पनि निर्माण नहुनुको कारण खोज्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

संघीय सांसद दुर्लभ थापाको संयोजकत्वमा तोकिएकै स्थानमा प्रस्तावित बागमती प्रदेश यातायात कार्यालयको भवन सूर्यविनायक नगरपालिकाको हाँके डाडा मै निर्माण गर्ने जिल्ला तथा प्रदेश सभा सदस्यहरुले लिखित सहमती समेत जनाएका हुन।राज्यको लगानी खेर जान नदिन भक्तरका संघीय तथा प्रदेश सांसदहरु एकै ठाउँमा

योजनालाई अलपत्र पर्न नहुने र भू-स्वामित्वको लागि पहल गर्ने समय सिमा भित्र योजना सम्पन्न गर्न बागमती प्रदेश सरकारसंग संयुक्त रुपमा जनप्रतिनिधिहरुले पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

शनिबारको बैठममा संघीय सांसद दुलर्भ थापा, सन्तोष परियार, रमा कोइराला परियार र बागमती प्रदेश सभा सदस्य किरण थापा र सुरेश श्रेष्ठको उपस्थिति रहेको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.