भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

दैलेखको दुल्लुमा बिहे गर्न वडाबाट अनुमति लिनुपर्ने

दैलेखको दुल्लुमा बिहे गर्न वडाबाट अनुमति लिनुपर्ने

काठमाडौं । दैलेखको दुल्लु नगरपालिकाको १२ नं वडाले बिहे गर्न वडाबाट अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । वडाले असार २६ गते एक सूचना जारी गरी साउन १ गतेबाट बिहेका लागि वडाको सिफारिस अनिवार्य रुपमा लिन जानकारी दिएको हो ।

असार २१ गते बसेको वडा समितिको बैठकले विहेका लागि वडाको सिफारिस चाहिने निर्णय गरेको थियो । बाल विवाह न्यूनीकरण गर्न भन्दै वडाले उक्त क्षेत्र बिहे गर्ने युवा वा युवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने बनाएको हो ।

वडामा ५० प्रतिशतभन्दा बढीले बाल विवाह गर्दै आएको र न्यूनीकरणका लागि जनचेतनामूलक विभिन्न कार्यक्रम गर्दा पनि कमी नभएपछि अनुमति सिफारिस लिनुपर्ने व्यवस्था गरेको वडाध्यक्ष लिलाराम लम्सालले बताए ।

 

 


Thali Mobile Pvt.Ltd.