भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दैलेखको दुल्लुमा बिहे गर्न वडाबाट अनुमति लिनुपर्ने

दैलेखको दुल्लुमा बिहे गर्न वडाबाट अनुमति लिनुपर्ने

काठमाडौं । दैलेखको दुल्लु नगरपालिकाको १२ नं वडाले बिहे गर्न वडाबाट अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । वडाले असार २६ गते एक सूचना जारी गरी साउन १ गतेबाट बिहेका लागि वडाको सिफारिस अनिवार्य रुपमा लिन जानकारी दिएको हो ।

असार २१ गते बसेको वडा समितिको बैठकले विहेका लागि वडाको सिफारिस चाहिने निर्णय गरेको थियो । बाल विवाह न्यूनीकरण गर्न भन्दै वडाले उक्त क्षेत्र बिहे गर्ने युवा वा युवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने बनाएको हो ।

वडामा ५० प्रतिशतभन्दा बढीले बाल विवाह गर्दै आएको र न्यूनीकरणका लागि जनचेतनामूलक विभिन्न कार्यक्रम गर्दा पनि कमी नभएपछि अनुमति सिफारिस लिनुपर्ने व्यवस्था गरेको वडाध्यक्ष लिलाराम लम्सालले बताए ।

 

 


Thali Mobile Pvt.Ltd.