भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

प्यालेस्टाइनमा यहुदी जातिवादी युद्ध बन्द गर्न इजरायललाई भक्तपुरका विद्यार्थीले दिए सडकबाट चेतावनी (भिडियो)

प्यालेस्टाइनमा यहुदी जातिवादी युद्ध बन्द गर्न इजरायललाई भक्तपुरका विद्यार्थीले दिए सडकबाट चेतावनी (भिडियो)

भक्तपुर । इजरायलले पछिल्लो पटक सम्पूर्ण प्यालेस्टिनी भूमि कब्जा गर्ने उद्देश्य लिएर रातदिन बमबारी गरिरहेको आरोप भक्तपुरका विद्यार्थीले लगाएका छन् । इजरायलले प्यालेस्टिनीहरुको मानव अधिकार हनन् गरेको भन्दै तत्काल युद्धविरामलाई स्थानी विराम बनाउन खबरदारी गरेका हुन ।

आज भक्तपुरमा विद्यार्थी हित समितिद्धारा आयोजित कार्यक्रममा इजरायली फासीवादी बर्बता अन्त्य गर भन्दै नाराजुलुस गरेका हुन । बालबालिकाहरू विद्यालयका कक्षा कोठामा बस्न नमानेर प्यालेस्टिनी बालबालिकाको हत्याको विरूद्ध सडकमा उत्तिएको बताएका छन् । बमबारीको शिकार भइरहेका प्यालेस्टाइन बालबालिकाको अधिकारका लागि भक्तपुरमै भएपनि आवाज उठाएको उनीहरले कैलाश खबरलाई बताएका छन् ।

बालबालिकाहरूलाई मार्ने नेत्यान्याहू आतंकविरुद्ध होशियार भन्दै बालबालिकाले हत्यारा बाइडेन मुर्दावाद भन्दै नारा लगाए । संस अमेरिकाको आर्थिक र सैनिक सहयोग प्राप्त गरी यहुदी जातिवादीहरूले ६ हप्ताभित्र गाजामा २५ हजार टनभन्दा बढी बम खसालेको, १४ हजार ५०० बढीको हत्या गरेको ।

भिडियो…

हरेक १० मिनेटमा एक बालबालिका मारेको, ५ हजार ६०० बढी बालबालिका तथा ४ हजारबढी महिला मारेको, अस्पताल र विद्यालयमा बमबारी गरेर करिब ३५ हजार प्यालेस्टिनी घाइते भएको विद्यार्थीले बताएका छन् । भग्नावशेषमा पुरिएका हजारौंलाई अझै निकाल्न नसकिएको, यहुदी जातिवादीहरूले खाना, पानी, औषधि, इन्टरनेटलगायत सम्पूर्ण अत्यावश्यक वस्तुको आपूर्ति बन्द गरेको,

५० हजार गर्भवती महिला आवश्यक स्वास्थ्य सेवाको अभावमा छट्पटिएको, ५० प्रतिशत भौतिक संरचना ध्वस्त पारेको, २ सयबढी चिकित्सक–नर्स मारेको, दर्जनौँ पत्रकारहरू मारेको, युद्धकै बीच लर्न एन्ड अर्न को नाउँमा पठाइएका १० नेपाली युवाहरूको मृत्यु भएको, १ जना बेपत्ता पारेको, युद्धग्रस्त भूमिमा नेपाली युवा पठाउने नेपाल सरकार र म्यानपावर कम्पनीहरू दोषी भएको ठहर विद्यार्थीले गरेका छन् ।

अरूको पीडामा पशु पनि खुसी हुन सक्दैन भन्दै त्यसको विरुद्धमा सडकमा उत्रिएको भक्तपुरका विद्यार्थीले बताएका छन् । हमासले गरेको प्रत्याक्रमणलाई निहुँ बनाएर इजरायलले २३ लाख प्यालेस्टाइनी जनताको बसोबास रहेको गाजापट्टीका आवास, अस्पताल र नागरिकरसार्वजनिक पूर्वाधारहरूको विनाशको शृङ्खला चलाइराखेको आरोप उनीहरुको छ ।

बमबारीका कारण तीन हप्तामा ३ हजार बालबालिका, २ हजार महिला, ८ हजारबढी प्यालेस्टिनी मारिएका छन् । गाजापट्टीमा ५० प्रतिशतभन्दा बढी घर ध्वस्त भएका छन भने अस्पतालहरू विशाल शवगृहमा परिणत भएका छन् । एम्बुलेन्स, स्वास्थ्यकर्मी, विद्यालय, क्लिनिक र अन्य संरचनालाई पनि तारो बनिरहेको अन्तराष्ट्रिय संचारमाध्यमले पनि जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.