भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुरमा खानेपानी समस्या समाधान गर्न मेलम्चीको मात्रै भर नपरौं : प्रदेशसभा सदस्य थापा (भिडियो सहित)

भक्तपुरमा खानेपानी समस्या समाधान गर्न मेलम्चीको मात्रै भर नपरौं : प्रदेशसभा सदस्य थापा (भिडियो सहित)

भक्तपुर । बाग्मती प्रदेश सभा सदस्य किरण थापाले पानीको बैकल्पिक स्रोत बारे सोच्ने बेला आएको बताएका छन् । शुक्रबार भक्तपुरको सुर्यविनायक नगरपालिकाका वडा नं ६ स्थिति खानेपानीको ट्याङ्की सिलान्यास कार्यक्तमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य थापाले उक्त कुरा बताएका हुन ।

सूर्यविनाक नगरपालिका को ८ करोड रुपैयाँ र बाग्मती प्रदेश सरकारको ९५ लाख रूपैयाँले ट्याङ्की निर्माण हुन थालेको जानकारी दिदै थापाले आफूले प्रदेश सरकारसंग थप १ करोड रूपैयाँ बजेट थप गर्न माग गरेको समेत जानकारी दिए । उनले बाग्मती प्रदेशको खानेपानी मन्त्रालय बजेट थप गर्ने विषयमा सकारात्मक रहेको प्रस्ट पारे । खानेपानीको अभाव भएका नगर क्षेत्रमा समेत प्रदेश सरकार मार्फत काम अघि बढेको बताउँदै सूर्यविनायक नगरपालिकाका छ वटा वडावासीले छिटै मेलम्चीको खानेपानी पाउने भएकाले पाण्डु वजारमा रहेको ६० लाखको ट्याङ्की नजिकै अर्को ट्याङ्की सिलान्यास हुनु सुशीको कुरा भएको तर्क गरे ।

प्रदेश सभा सदस्य थापाले भने “मेलम्ची मात्रै हाम्रो खानेपानीको समाधान होइन्, हामी जनप्रतिनिधिहरू, नगरबासीहरू तथा सम्पूर्ण यस नगरका शुभचिन्तकहरू पानीका बैकल्पीक स्रोतबारे सोचिरहेका छौं । सूर्यविनायक नगरमात्रै नभर समग्र भक्तपुर जिल्लाको विकासमा हामी लागिपरेका छौं । नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सम्पूर्ण जनप्रतिनिधिहरू जनता समस्यामा हातेमालो गर्न तयार छौं” । भिडियो ….

कार्यक्रममा सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले सुर्यविनायक नगरपालिकामा पानी ट्याङ्की निर्माण गरेर अन्य नगरपालिकावासीलाई मात्र खानेपानी खुवाउँने कुराको आफूहरुले डटेर विरोध गर्दै मेलम्चिको पानीमा अधिकार स्थापित गरेको बताए । 

उनले अन्य नगरपालिका भन्दा सुर्यविनायक नगरपालिका प्रिथक रहेको तर्क गर्दै जनप्रतिनिधिहरुलाई पार्टी भन्दा माथि उठेर बिकास निर्माणमा सर्मपित हुन आह्वान गरे । नगर प्रमुख थापाले आफुहरु लडेर छ वटा वडामा योजना पार्न सफल भएको बताउँदै नगरको सबैभन्दा ठुलो समस्याका रूपमा रहेको खानेपानीको समस्या निराकरण गर्न आफूहरु निरन्तर लागि परेको जानकारी दिए ।भिडियो ….

खानेपानीको ट्याङ्की शिलान्यास बागमती प्रदेशसभा सदस्य किरण थापा, सुर्यविनायक नगरपालिकाका नगर प्रमुख बाशुदेव थापा, उप प्रमुख सरिता तिम्सिना भट्टराईले संयुक्त रुपमा गरेका हुन । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु लगायतले आफ्नो धारणा राखेका थिए ।

 


Thali Mobile Pvt.Ltd.