भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

व्यापारी बगानमै पुगेपछि सुन्तला नष्ट हुने चिन्ता हट्यो

व्यापारी बगानमै पुगेपछि सुन्तला नष्ट हुने चिन्ता हट्यो

काठमाडौं । सुन्तला उत्पादनका लागि प्रख्यात मानिएका दैलेख, सल्यान, तथा पर्वतका ठाउँहरुमा व्यापारि बगैचामै पुगेर सुन्तला उठाउन थालेपछि किसान खुसी भएका छन् भने मूल्य नपाउँदा दुखि । पर्वत देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलसम्मका व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि धाउने गरेका छन् ।

मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि पछिल्ला वर्षहरूमा भने कृषकले आफ्नै ढङ्गले व्यापारीसँग कारोबार गर्ने गरेका छन् । पहिले माछापुच्छे« सुन्तला सहकारी संस्थामार्फत बिक्री गरे पनि अहिले निजी हिसाबले नै बिक्री गर्न थालेको अगुवा कृषक दाताराम चापागाईंले बताए । सुन्तला टिप्नका लागि व्यापारीका प्रतिनिधिको चहलपहल बढ्दो छ ।

स्थानीय शिक्षक भूमिराज शर्मा सुन्तला टिप्ने र लैजानेका कारण यहाँ मेला लागे जस्तै हुने गरेको र थोक व्यापारीले बगैँचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको बताउँछन् । सुन्तला बिक्रीबाटै राम्रो आम्दानी गरेका छन् । यहाँका अधिकांश किसानले व्यापारीलाई बगैँचा नै जिम्मा लगाउने गरेका छन् । दैनिकजसो ट्रकहरू आएर सुन्तला टिपेर लैजाने गरेको स्थानीय प्रकाश चापागाईंले बताए ।

यहाँका सबै किसानको कारोबारको कुरा गर्दा गतवर्ष करिब पाँच करोडका सुन्तला बिक्री भएका थिए । यसपटक पनि सोही हाराहारीमा कारोबार हुने अपेक्षा गरेका छन् । व्यवसायीले बगैँचामै ‘ग्रेडिङ’ गरेर सुन्तला लैजान थालेको र मूल्य भने कम दिने गरेको कृषक दाताराम चापागाईंले बताए । तर दुई दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.