भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

सहकारीको धितो बिक्री गरी बचत फिर्ता गर्न सर्वोच्चको आदेश

सहकारीको धितो बिक्री गरी बचत फिर्ता गर्न सर्वोच्चको आदेश

काठमाण्डौ,३० बैशाख । सर्वोच्च अदालतले सहकारी संस्थाहरूमा ठगिएका बचतकर्तालाई राहत दिने गरी धितो सुरक्षण बिक्री गरेर बचत फिर्ता गर्न आदेश दिएको छ। न्यायाधीशहरू कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले बचतकर्ताको रकम फिर्ता हुने कुनै सुनिश्चितता नभएको भन्दै सहकारीको धितो सम्पत्ति बिक्री गर्न परमादेश जारी गरेको हो।

सर्वोच्चको आदेश अनुसार, सहकारी वा त्यसको व्यवस्थापन समितिले ऋण दिएबापत राखिएको धितो सम्पत्ति तत्काल बिक्री गरी बचत फिर्ता दिने व्यवस्था गर्नुपर्ने छ। साथै, अदालतले सहकारी पीडित कोष स्थापना गर्न निर्देशन दिँदै सरकारले कोषमा रकम विनियोजन गरी १० लाखसम्मको निक्षेप तत्काल फिर्ता दिने आदेश दिएको छ।

१० लाखभन्दा बढी निक्षेपकर्तालाई पनि १० लाखसम्म रकम पहिलो चरणमा फिर्ता दिलाउन भनिएको छ। बाँकी रकम दोस्रोदेखि पाँचौं चरणसम्ममा फिर्ता गर्न भनिएको छ। यस्तै, अदालतले राष्ट्रिय सहकारी प्राधिकरण गठन गर्न सात दिनभित्र सिफारिश समिति गठन गरी डेढ महिनाभित्र अध्यक्ष र सदस्य नियुक्ति गर्न आदेश दिएको छ।

 


Thali Mobile Pvt.Ltd.