भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

चुरे क्षेत्रमा अवैध उत्खनन: पालिका प्रमुखमाथि अख्तियारको छानबिन, किर्ते कागजातको आशंका

चुरे क्षेत्रमा अवैध उत्खनन: पालिका प्रमुखमाथि अख्तियारको छानबिन, किर्ते कागजातको आशंका

न्यूज सारांश

  • चौदण्डीगढी नगरपालिकामा चुरे क्षेत्रको अवैध उत्खननमा नगर प्रमुख कालुमान लामाको संलग्नता रहेको आरोप लागेको।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष केशव अधिकारीको उजुरीपछि छानबिन सुरु गरेको।
  • अनुगमनमा किर्ते कागजात, कर छली र प्रक्रिया विपरीत उत्खनन भएको पाइएको।
  • जिल्ला समन्वय समिति (जिसस) ले उत्खनन अवैध ठहर गर्दै प्रक्रिया पुर्‍याउन निर्देशन दिएको।
  • स्थानीयका अनुसार ३५ हजार घनमिटरभन्दा बढी गिट्टी उत्खनन भएको र चाइनिज कम्पनीलाई दिइएको दाबी।
  • सर्वोच्च अदालतको स्काभेटर प्रयोगमा रोकको आदेश उल्लंघन भएको पाइएको।
  • उमपेयर मणिकादेवी दुलालले उत्खनन रोकिएको र छानबिनपछि कारबाही हुने बताएकी छन्।
  • नगर प्रमुख लामाले कुनै प्रतिक्रिया नदिएको।

उदयपुर, ३० वैशाख । उदयपुरको चौदण्डीगढी नगरपालिकामा चुरे क्षेत्रको अवैध उत्खननमा नगर प्रमुख कालुमान लामाकै संलग्नता रहेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) इटहरीले छानबिन सुरु गरेको छ। चौदण्डीगढी नगरपालिका–२ र ४ को माडीबास र लामाखोला बरपानी क्षेत्रमा भएको नदीजन्य पदार्थको उत्खननमा अनियमितता भएको भन्दै वडा नं. ७ का अध्यक्ष केशव अधिकारीले अख्तियारमा उजुरी दिएका थिए।

अधिकारीका अनुसार, नगर प्रमुख लामाको सेटिङमा सार्वजनिक, सरकारी, ऐलानी र निजी जग्गाबाट गिट्टी, बालुवा, माटो र ढुंगा उत्खनन गरी करोडौं कर छली भएको छ। उनले भने, ‘अख्तियारको टोलीले गत शुक्रबार उत्खनन क्षेत्रको अनुगमन गरेको छ, मैले नै क्षेत्र देखाएको हुँ।’ अख्तियारका एक अधिकारीले प्रारम्भिक छानबिन सुरु भएको र विस्तृत अनुसन्धानको तयारी भइरहेको बताए।

जिल्ला समन्वय समिति (जिसस) उदयपुरका प्रमुख गौरबहादुर विश्वकर्माले उत्खनन प्रक्रिया अवैध रहेको ठहर गर्दै सम्पूर्ण प्रक्रिया पुर्‍याएर मात्र काम गर्न नगरपालिकालाई निर्देशन दिएको बताए। अनुगमनका क्रममा निजी भनिएको जग्गाको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आइई) किर्ते भएको, खेतीयोग्य जमिन र सार्वजनिक संरचनामा असर पुगेको पाइएको थियो। साथै, उत्खनन ठेक्का पाएको साङ्गे छोइलिङ कन्सट्रक्सन प्रालिको नवीकरण नभएको र नापी कार्यालय एवं डिभिजन वन कार्यालयसँग समन्वय नगरेको पाइयो।

स्रोतका अनुसार, ठेक्का सञ्चालक घिसिङ तामाङ नगर प्रमुख लामाका स्वकीय र काकाभतिज समेत हुन्। नगरपालिकाले किर्ते कागजात बनाएर ठेक्का दिएको र हाल प्रमाण नष्ट गर्ने प्रयास भइरहेको आरोप छ। स्थानीयका अनुसार, बरपानी क्षेत्रबाट ३५ हजार घनमिटरभन्दा बढी गिट्टी उत्खनन भइसकेको छ, जुन एसियन हाइवे निर्माणका लागि चाइनिज कम्पनीलाई मौखिक सम्झौताअनुसार दिइएको बताइएको छ।

सर्वोच्च अदालतको आदेश र चुरे संरक्षणसम्बन्धी प्रतिवेदनले स्काभेटर प्रयोगमा रोक लगाए पनि बरपानीमा दुई स्काभेटर प्रयोग गरिएको छ। उमपेयर मणिकादेवी दुलालले विवादपछि उत्खनन रोकिएको र छानबिनले गल्ती देखिए कारबाही हुने बताइन्। तर, नगर प्रमुख लामाले भने कुनै प्रतिक्रिया दिएका छैनन्।

 


Thali Mobile Pvt.Ltd.