भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व |

सुर्खेतको छिन्चुमा प्रेसर कुकरमा ‘खतरा’ लेखिएको शंकास्पद वस्तु फेला

सुर्खेतको छिन्चुमा प्रेसर कुकरमा ‘खतरा’ लेखिएको शंकास्पद वस्तु फेला

सुर्खेत, १९ फागुन । सुर्खेतको छिन्चु क्षेत्रमा प्रेसर कुकरमा ‘खतरा’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ ।

भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डको सडक किनारमा रातो प्लाष्टिकले बेरिएको अवस्थामा उक्त वस्तु भेटिएको हो । मंगलबार बिहान स्थानीयले सडक छेउमा राखिएको प्रेसर कुकरमा ‘खतरा’ लेखिएको देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थल पुगेको प्रहरी निरीक्षक प्रकाश के . सी . ले जानकारी दिए । उनका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्काल सुरक्षा घेरा बनाएर सर्वसाधारणको आवतजावतमा रोक लगाइएको छ ।

प्रहरीले क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रणमा लिँदै आवश्यक सतर्कता अपनाएको जनाएको छ । शंकास्पद वस्तुको प्रकृति पहिचान गर्न नेपाली सेनासँग समन्वय गरिएको छ । सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर आवश्यक जाँच तथा निष्क्रिय पार्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.