भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुर्खेतको छिन्चुमा प्रेसर कुकरमा ‘खतरा’ लेखिएको शंकास्पद वस्तु फेला

सुर्खेतको छिन्चुमा प्रेसर कुकरमा ‘खतरा’ लेखिएको शंकास्पद वस्तु फेला

सुर्खेत, १९ फागुन । सुर्खेतको छिन्चु क्षेत्रमा प्रेसर कुकरमा ‘खतरा’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ ।

भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डको सडक किनारमा रातो प्लाष्टिकले बेरिएको अवस्थामा उक्त वस्तु भेटिएको हो । मंगलबार बिहान स्थानीयले सडक छेउमा राखिएको प्रेसर कुकरमा ‘खतरा’ लेखिएको देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थल पुगेको प्रहरी निरीक्षक प्रकाश के . सी . ले जानकारी दिए । उनका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्काल सुरक्षा घेरा बनाएर सर्वसाधारणको आवतजावतमा रोक लगाइएको छ ।

प्रहरीले क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रणमा लिँदै आवश्यक सतर्कता अपनाएको जनाएको छ । शंकास्पद वस्तुको प्रकृति पहिचान गर्न नेपाली सेनासँग समन्वय गरिएको छ । सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर आवश्यक जाँच तथा निष्क्रिय पार्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.