भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हुम्लाको हिल्सा नाका बन्द

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हुम्लाको हिल्सा नाका बन्द

हुम्ला, १९ फागुन । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हुम्लाको हिल्सा नाका बन्द गरिएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै उत्तरी नाम्खा गाउँपालिका–५ स्थित चीनसँग सीमा जोडिएको हिल्सा नाकाबाट हुने आवतजावत सोमबारदेखि बन्द गरिएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार निर्वाचन अवधिभर सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले निर्वाचनको मत परिणाम सार्वजनिक नभएसम्म नाका बन्द रहने जानकारी दिए । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले सीमा क्षेत्रमा विशेष निगरानीसमेत बढाइएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.