भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हुम्लाको हिल्सा नाका बन्द

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हुम्लाको हिल्सा नाका बन्द

हुम्ला, १९ फागुन । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हुम्लाको हिल्सा नाका बन्द गरिएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै उत्तरी नाम्खा गाउँपालिका–५ स्थित चीनसँग सीमा जोडिएको हिल्सा नाकाबाट हुने आवतजावत सोमबारदेखि बन्द गरिएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार निर्वाचन अवधिभर सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले निर्वाचनको मत परिणाम सार्वजनिक नभएसम्म नाका बन्द रहने जानकारी दिए । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले सीमा क्षेत्रमा विशेष निगरानीसमेत बढाइएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.