भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

सुर्खेतमा प्रहरी हिरासतभित्र एक थुनुवाको मृत्यु

सुर्खेतमा प्रहरी हिरासतभित्र एक थुनुवाको मृत्यु

मुख्य बुँदा 

सुर्खेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा लागुऔषध मुद्दाका थुनुवा गंगे सुनारको मृत्यु।

शुक्रबार बिहान करिब ६ बजे साथीले उठाउँदा अचेत अवस्थामा फेला।

कर्णाली प्रदेश अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा।

सुनार करिब ७८ दिनअघि पक्राउ परेका थिए।

उनी लागुऔषध प्रयोगकर्ता र उच्च रक्तचापका बिरामी थिए, नियमित औषधि सेवन गर्दै आएका।

आजै उनका मुद्दाको अन्तिम सुनुवाइ अदालतमा तय भएको थियो।

सुर्खेत, २१ कार्तिक । सुर्खेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवाको आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा लागुऔषध मुद्दामा पक्राउ परेका ३५ वर्षीय गंगे सुनार रहेका छन्।

प्रहरीका अनुसार, शुक्रबार बिहान करिब ६ बजे सँगै सुत्ने साथीले उठाउँदा उनी अचेत अवस्थामा भेटिएका थिए। तत्काल प्रहरीलाई खबर गरी उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याएको आधादेखि एक घण्टाभित्र चिकित्सकले सुनारलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढाथोकीले जानकारी दिए।

सुनार करिब ७८ दिनअघि लागुऔषध मुद्दामा पक्राउ परेका थिए। प्रहरीका अनुसार उनी लागुऔषध प्रयोगकर्ता र उच्च रक्तचापका बिरामी थिए र नियमित औषधि सेवन गर्दै आएका थिए। संयोगवश, आजै सुनारको मुद्दाको अदालतमा अन्तिम सुनुवाइ (फाइनल हियरिङ) तय भएको थियो।

 


Thali Mobile Pvt.Ltd.