भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

टी–२० सिरिजः नेपालले पायो १ सय ५७ रनको लक्ष्य

टी–२० सिरिजः नेपालले पायो १ सय ५७ रनको लक्ष्य

काठमाडौं । टी–२० सिरिजको अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाले नेपालसामु १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । डालासस्थित ग्राण्ड प्रेरीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रनको योगफल तयार गरेको हो ।

अमेरिकाका साइतेजा मुकामलाले ६८ तथा मिलिन्द कुमारले नटआउट ४३ रन बनाए । आरोन जोन्स १३ रन तथा कप्तान मोनांक पटेल २ रन बनाए भने हर्मित सिंह १० रनमा नट आउट रहे । नेपालका लागि सोमपाल कामीले तीन तथा रिजन ढकाल र ललित राजवंशीले समान एक विकेट लिए ।

नेपालले तीन खेलको शृङ्खला एक खेलअघि नै जितिसकेको छ । यो खेल पनि जितेमा नेपालले क्लिन स्वीप गर्ने छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रन र दोस्रो खेलमा सुपर ओभरमा विजयी भएको थियो । टी–२० शृङ्खलापछि अब घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.