भर्खरै : Sorry, your browser does not support inline SVG.
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने | धादिङको गजुरीमा सुख्खा पहिरो खस्यो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध | कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता |

टी–२० विश्वकपमा वेष्ट इन्डिज सुपर आठमा प्रवेश

टी–२० विश्वकपमा वेष्ट इन्डिज सुपर आठमा प्रवेश

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत वेष्ट इन्डिज सुपर आठमा पुगेको छ । ब्रेन लारा स्टेडियममा आज भएको खेलमा वेष्ट इन्डिजले न्युजिल्याण्डलाई १३ रनले पराजित गरेको हो । वेष्ट इण्डिजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । जितसँगै वेष्ट इन्डिज ६ अङ्क जोड्दै सुपर आठमा पुगेको हो । न्युजिल्याण्डको भने अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ । न्युजिल्याण्ड पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।

सुपर आठमा स्थान बनाउने वेष्ट इन्डिज चौथो टोली हो । यसअघि दक्षिण अफ्रिका, अस्ट्रेलिया र भारतले अर्को चरणमा स्थान पक्का गरिसकेका छन् ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.