टी–२० विश्वकपमा वेष्ट इन्डिज सुपर आठमा प्रवेश

टी–२० विश्वकपमा वेष्ट इन्डिज सुपर आठमा प्रवेश image

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत वेष्ट इन्डिज सुपर आठमा पुगेको छ । ब्रेन लारा स्टेडियममा आज भएको खेलमा वेष्ट इन्डिजले न्युजिल्याण्डलाई १३ रनले पराजित गरेको हो । वेष्ट इण्डिजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । जितसँगै वेष्ट इन्डिज ६ अङ्क जोड्दै सुपर आठमा पुगेको हो । न्युजिल्याण्डको भने अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ । न्युजिल्याण्ड पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।

सुपर आठमा स्थान बनाउने वेष्ट इन्डिज चौथो टोली हो । यसअघि दक्षिण अफ्रिका, अस्ट्रेलिया र भारतले अर्को चरणमा स्थान पक्का गरिसकेका छन् ।एजेन्सी

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda