भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

हुम्लीलाई नेपालगन्ज र सुर्खेत झर्न समस्या

हुम्लीलाई नेपालगन्ज र सुर्खेत झर्न समस्या

हुम्ला । राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हुम्लाका नागरिकलाई जहाज टिकटका लागि लाइन बस्नु बाध्यता रहेको छ । दसैँ तिहार नजिकिए सँँगै जिल्लाबाट बाहिर जाने जहाज टिकट नपाउँदा सरकारी स्वामित्व रहेको नेपाल वायु सेवा निगमको जहाज टिकटको लागि रातीको २ बजेदेखि लाइन बस्न बाध्य छन् ।

नेपाल वायु सेवा जहाज निगमको जहाजले उडान कम गरेपछि हुम्लाबाट नेपालगन्ज सुर्खेत झर्न यात्रुलाई सास्ती भएको हो । निजी एयरलाइन्स समिट दैनिक एक दुई उडान भरेपछि चाप थेग्न गाह्रो देखिएको छ । सीता, ताराले नियमित उडान नभरेपछि समस्या भएको हो ।

नेपाल एयरलाइन्सका कार्यालयमा २ बजेबाट लाईनमा बसेको विकुल रोकायाले बताए । जहाजको टिकटको लागि कुर्दाकुदै दसैँ मनाउन नेपालगन्ज झर्न नपाएको चंखेली गाउँपालिका ४ का अर्जुन रावलले बताए । तारा,सीता, एयरलाइन्सका जहाजहरू पूर्व तर्फ केन्द्रित भएपछि बर्सेनि हुम्लि नागरिकहरूले नेपालगन्ज , सुर्खेत झर्न समस्या हुने गरेको स्थानीयको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.