हुम्ला । राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हुम्लाका नागरिकलाई जहाज टिकटका लागि लाइन बस्नु बाध्यता रहेको छ । दसैँ तिहार नजिकिए सँँगै जिल्लाबाट बाहिर जाने जहाज टिकट नपाउँदा सरकारी स्वामित्व रहेको नेपाल वायु सेवा निगमको जहाज टिकटको लागि रातीको २ बजेदेखि लाइन बस्न बाध्य छन् ।
नेपाल वायु सेवा जहाज निगमको जहाजले उडान कम गरेपछि हुम्लाबाट नेपालगन्ज सुर्खेत झर्न यात्रुलाई सास्ती भएको हो । निजी एयरलाइन्स समिट दैनिक एक दुई उडान भरेपछि चाप थेग्न गाह्रो देखिएको छ । सीता, ताराले नियमित उडान नभरेपछि समस्या भएको हो ।
नेपाल एयरलाइन्सका कार्यालयमा २ बजेबाट लाईनमा बसेको विकुल रोकायाले बताए । जहाजको टिकटको लागि कुर्दाकुदै दसैँ मनाउन नेपालगन्ज झर्न नपाएको चंखेली गाउँपालिका ४ का अर्जुन रावलले बताए । तारा,सीता, एयरलाइन्सका जहाजहरू पूर्व तर्फ केन्द्रित भएपछि बर्सेनि हुम्लि नागरिकहरूले नेपालगन्ज , सुर्खेत झर्न समस्या हुने गरेको स्थानीयको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान...
काठमाडौँ, ९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा...
भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम...
भक्तपुर, ८ जेष्ठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार, र हाडा छेँ पुनःनिर्माण स्थलहरूको स्थलगत निरीक्षण...