भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

६ करोड ११ लाखको तास भित्रियो

६ करोड ११ लाखको तास भित्रियो

काठमाडौं । दुई महिनामा ६ करोड ११ लाख रुपैयाँ मूल्य बराबरको तास नेपाल भित्रिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको विवरण अनुसार चालू आर्थिक वर्षको साउन र भदौमा ६ करोड ११ लाख ६४ हजार रुपैयाँ बराबर मूल्यमा २० लाख ७ हजार ८९२ थान तास नेपाल भित्रिएको हो । यसपटक तासको निर्यात घटेको छ ।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा ६ करोड ४४ लाख ८४ हजार रुपैयाँको तास आयात भएको थियो । तासको आयात बापत सरकारले ३ करोड ५२ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

गत वर्षको सोही अवधिमा सरकारले तास आयातबापत ४ करोड ४ लाख ३३ हजार रुपैयाा राजस्व संकलन गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.