भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

बालेन शाहले गरेको निर्णयको उपमेयर सुनिता डंगोलले विरोध

बालेन शाहले गरेको निर्णयको उपमेयर सुनिता डंगोलले विरोध

काठमाडौँ । उपमेयर सुनिता डंगोलले बालेनको नेतृत्वमा भएको निर्णयको विरोध गरेकी छन् । ठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गरेको निर्णयको उपमेयर सुनिता डंगोलले विरोध गरेकी हुन ।

मंगलबार बसेको नगरकार्यपालिकाको बैठकमा उपमेयर सुनिताले सर्वोच्च अदालतको फैसलालाई हवाला दिएर महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने भनि गरेको निर्णयको विरोध गरेकी हुन ।

प्रमुखस्तरीय निर्णयअनुसार यसबारे सूचना प्रकाशित भएको पाइएको भन्दै सुनिताले भनिन्, ‘यो सबैको निर्णय हो कि होइन ? यस्तो संवेदनशील विषयमा पर्याप्त छलफल भएन । यो राम्रो पद्धति होइन । ’

उनले अदालतले गरेका निर्णय सधैँ जनताको हितमा हुन्छ भन्ने नहुने भन्दै यसबारे पुनरावलोकनमा जानेलगायतका विषयमा महानगरमा छलफल नभएको भन्दै असन्तुष्टि समेत जनाइन् । यो विषयमा बैठकमा अन्य जनप्रतिनिधिले पनि प्रश्न उठाएका थिए ।

यो निर्णयले महानगरका जनता आतंकित र त्रसित भएको डंगोलले बताइन् । उनले यो निर्णय पुनर्विचार गरिनुपर्ने भन्दै पर्याप्त छलफलबिनै भएको निर्णयको स्वामित्व लिनुपर्छ भन्ने नरहेको बताइन् ।

 


Thali Mobile Pvt.Ltd.