भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

३ अर्बभन्दा बढी बिगोको आरोप, पूर्वमन्त्री बस्नेत धरौटीमा छुटे

३ अर्बभन्दा बढी बिगोको आरोप, पूर्वमन्त्री बस्नेत धरौटीमा छुटे

काठमाडौं,  १६ असार । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा सञ्चालित टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा भएको भ्रष्टाचार मुद्दामा मुछिएका पूर्वमन्त्री मोहन बस्नेत २५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।

हिजो (आइतबार) विशेष अदालतमा उपस्थित भएका बस्नेतलाई अदालतले २५ लाख धरौटी माग गरेको हो। उनीसँगै मुद्दामा संलग्न अन्य केही अभियुक्तहरूलाई पनि विभिन्न शर्तसहित धरौटीमा रिहा गरिएको छ।

यसअघि, जेठ १ गते, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगका अनुसार टेरामक्स प्रणाली खरिद प्रक्रियामा गम्भीर आर्थिक अनियमितता भएको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो।

अख्तियारका अनुसार बस्नेतको जिम्मेवारीको समयमा भएको निर्णयका कारण राष्ट्रलाई तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको आरोप छ। यस अभियोगका कारण बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अन्तर्गत सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी गराउने कसूरमा मुद्दा चलाइएको हो।

उनी हाल सांसद पदबाट निलम्बनमा परेका छन्। विशेष अदालतले भ्रष्टाचार मुद्दाको सुनुवाइ अघि बढाउने तयारी गरिरहेको बताइएको छ। यता, बस्नेतले भने आफूमाथि लागेको आरोपहरू राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दाबी गर्दै आएका छन्।

 


Thali Mobile Pvt.Ltd.