भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

टोपबहादुर रायमाझीराई थुनामै राखेर सुनुवाइ गर्न आदेश

टोपबहादुर रायमाझीराई थुनामै राखेर सुनुवाइ गर्न आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी, इन्द्रजित राई लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । जिल्ला र उच्च अदालतले थुनामा राखेर अनुसन्धान गर्न दिएको आदेशविरुद्ध गरेको पुनरावेदनको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र

टेकप्रसाद ढुंगानाको इजलासले यस्तो आदेश दिएको हो । रायमाझीसँगै सागर राई, सानु भण्डारी, टेकनारायण पाण्डे, केशव दुलाल र सन्देश शर्मालाई थुनामै राखेर मुद्दा अघि बढाउन सर्वोच्चले आदेश गरेको छ ।

सर्वोच्चले विक्रम भन्ने गोविन्दकुमार चौधरीबाट १० लाख रुपैयाँ नगद वा सो बराबरको जेथा जमानत वा बैंक जमनतको धरौटी माग गरेको छ भने आङटावा शेर्पालाई ३० लाख धरौटी माग गरेको छ । अर्का आरोपी शमशेर मियाँलाई सर्वोच्चले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.