भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्रालाई आममाफी

थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्रालाई आममाफी

काठमाडौं । थाइल्यान्डका राजाले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आममाफी दिएका छन् । राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौं व्यक्तिमध्ये ७५ वर्षीय धनाड्य पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक रहेका समाचारसंस्था एएफपीले जनाएको छ ।

थाक्सिन १५ वर्षको निर्वासनपछि झन्डै एक वर्षअघि स्वदेश फर्किएका थिए । स्वदेश फर्कनसाथ उहाँलाई थाई अदालतले भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय सुनाएको थियो । अहिले राजाले सिनावात्राको आचारणमा सुधार भएको भन्दै आममाफी दिएका हुन् ।

सिनावात्रालाई आममाफी दिनु एक दिन अघि मात्रै थाई संसदले थाक्सिनकी ३७ वर्षीया छोरी पेतोङतार्न सिनावात्रालाई प्रधानमन्त्रीमा अनुमोदन गरेको थियो । थाइल्याण्डको संवैधानिक अदालतले पूर्व प्रधानमन्त्री श्रेता थाभिसिनलाई बर्खास्त गरेपछि पेतोङतार्न प्रधानमन्त्री बनेका हुन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.