भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

टर्कीको संसदमा सांसदहरुबीच कुटाकुट

टर्कीको संसदमा सांसदहरुबीच कुटाकुट

काठमाडौं । टर्कीको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ । जेलमा रहेका विपक्षी नेता क्यान अटालेको अवस्थाबारे छलफल गर्दा संसदमा सांसदहरूबीच कुटाकुट भएको हो ।

वामपन्थी वर्कर्स पार्टी (टीआईपी)का सांसद अहमद सिकले रोस्टममा भाषण गर्दै गर्दा राष्ट्रपति रसेप तैयप अर्दोगानको सत्तारुढ एके पार्टीका सदस्य अल्पे ओजालानले थप्पड हान्न खोजेपछि विवाद शुरु भएको हो । दुई जनाको विवादकै क्रममा सांसद अहमद सिक भुईमा खसेपछि अवस्था तनावग्रस्त भएको थियो ।

अधिवक्ता तथा मानव अधिकारकर्मी केइन अटालेले यस वर्षको शुरुमा भएको चुनाव हारेका थिए । सांसद सिकले सत्तारुढ एक पार्टीका सांसदको आक्रमण धाँधलीका कारण अटालेले चुनाव हारेको बताएपछि आजको विवाद शुरु भएको बीबीसी हिन्दीले जनाएको छ ।

केइन अटालेलाई २०२२ मा १८ वर्षको जेल सजाय सुनाइएको थियो, त्यसपछि उनले जेलबाटै चुनावमा उम्मेदवारी दिएका थिए । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.