भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

उच्च सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह, राप्ती, कालीगण्डकी र कोशी नदी खतराको तह नजिक

उच्च सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह, राप्ती, कालीगण्डकी र कोशी नदी खतराको तह नजिक

काठमाण्डौ । वर्षाका कारण नदी तटिय क्षेत्रमा डुबान र कटानको जोखिम उच्च रहेकाले सतर्क रहन अनुरोध गरिएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेकाले सतर्क रहन अनुरोध गरिएको हो ।

ललितपुरको बागमती नदी खोकना जलमापन केन्द्रमा जल सतहले खतराको तह पार गरेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिनभर झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउसो सबै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना छ ।

काठमाण्डौ उपत्यका भएर बहने बागमती नदीसहित नारायणी, पश्चिम राप्ती, कालीगण्डकी र कोशी नदीमा पानीको सतह खतराको तह नजिक पुगेको छ । पानी परिरहेका ठाउँका नदी खोला किनारमा बस्नेलाई उच्च सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

राति कोशी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । तिनाउ नदी, पश्चिम राप्ती, कोइली नदी, डुम्रे खोला, बडिगाड, बबई नदी लगायत क्षेत्र भइ बहने अरू स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

लगातार परिरहेको पानीका कारण दाङको देउखुरीमा केही बस्ति डुबानमा पर्न थालेका छन् । देउखुरीको लठ्ठहवा, पहरवालगायतका गाउँमा बाढी पस्न थालेको हो । बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित ठाउँमा सार्ने काम शुरु भएको छ ।

सुरक्षा निकायले उच्च जोखिममा परेका बस्तिका नागरिकलाई सुरक्षित ठाउँमा सार्न थालेका हुन् ।
अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको बडिगाड, स्याङजाको मालुङ्गा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा मापन भएको र ती क्षेत्र भइ बहने ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा रहनेलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.