भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चीनमा मेट्रो रेलमा कार्बन फाइबर सामग्रीको प्रयोग

चीनमा मेट्रो रेलमा कार्बन फाइबर सामग्रीको प्रयोग

एजेन्सी । चीनमा कार्बन फाइबर मेट्रो रेलले यात्रु सेवा शुरू भएको छ । चीनको शानडोङ प्रान्तको बन्दरगाह शहर चेङ्दुमा सेट्रोभो वान पोइन्ट जेरो नामको कार्बन फाइवरबाट उक्त रेल सुरु गरिएको हो ।

रेलका मुख्य डिजाइनर लिउ जिन्झुले सञ्चालनका क्रममा प्रत्येक रेलको ऊर्जा खपत ७ प्रतिशतले घटाउन सकिने बताए । यसले गर्दा वार्षिकरूपमा एक सय ३० टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आउने उनको तर्क छ ।

विशेषगरी कार्बन फाइबर सामग्रीको प्रयोगले गाडीलाई बलियो बनाउँछ । यसको संरचनाको स्थायित्व बढाउँछ । यस रेलको क्याबिन भित्री भाग कार्बन फाइबर तत्वहरूले भरिपूर्ण छ । रेलमा उन्नत भाइब्रेसन ड्याम्पिङ र साउन्ड आइसोलेसन पनि रहेको छ ।

यो मेट्रो रेलमा कार्बन फाइबर सामग्रीको प्रयोग गरिएको छ । यसले रेलको अगाडिको भागको तौल २५ प्रतिशत र बोगी अर्थात डब्बाहरुको तौल ५० प्रतिशतले घटाउँछ ।

 


Thali Mobile Pvt.Ltd.