भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

टिकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टिका र आर्शिवाद

टिकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टिका र आर्शिवाद

काठमाडौं । दसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टीका लगाएकाहरुले दोस्रो दिन आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा लगाइ आशीर्वाद लिने गर्दछन् ।

मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न आफन्तकोमा जाने गर्दछन् । कतिपय स्थानमा विजयादशमीको दिनमात्र टीका लगाउने चलन भए पनि कतिपय ठाउँमा कोजाग्रत पूर्णिमासम्मै टीका लगाउने गरिन्छ ।

कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.