भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

टिकटक बन्द नगर्ने यी ५५ कम्पनी, जसको लाइसेन्स भयो खारेज

टिकटक बन्द नगर्ने यी ५५ कम्पनी, जसको लाइसेन्स भयो खारेज

काठमाडौं । टिकटक बन्द नगराउने ५५ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणले चेतावनी दिएको छ । एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्दको निर्णय कार्यान्वयन नभए सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमतिपत्र खारेजी गर्ने चेतावनी दिएको हो ।

यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उप–निर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछाने बताए । कात्तिक २८ गते र मंसिर २ गते सार्वजनिक टिकटक बन्द गराउन सूचना निकालिसकेकाले अबको २४ घण्टाभित्र जवाफ पेस गर्न प्राधिकरणले सूचनामार्फत निर्देशन दिएको जनाए ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै टिकटक प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो । निर्णय लगत्तै प्राधिकरणले टिकटक बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो । हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले लाइसेन्स खारेजीको कारबाही गर्ने चेतावनी दिएको छ ।

यी हुन् लाइसेन्स खारेजीको अन्तिम चरणमा रहेका कम्पनीहरुः

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [414.80 KB]

 


Thali Mobile Pvt.Ltd.