भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

ट्राफिक स्वयंसेवक प्रकरणबारे गृहमन्त्री लामिछानेलाई प्रश्न

ट्राफिक स्वयंसेवक प्रकरणबारे गृहमन्त्री लामिछानेलाई प्रश्न

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छलफलको लागि बोलाएको छ । गणतन्त्र दिवसको अवसरमा घोषणा गरेर मापसेसहित ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवक बनाउने निर्णय कुन कानुनअनुसार गरेको भनेर सोध्न समितिले भोलिका निम्ति गृहमन्त्रीलाई बोलाएको हो ।

आज बसेको समिति बैठकमा समसामयिक विषयमा भएको छलफलमा कुनै पदमा बसेको व्यक्तिको घोषणालाई कानुन मान्न नसकिने निष्कर्षपछि समितिमै गृहमन्त्रीलाई बोलाएर छलफल गर्ने समझदारी भएको हो । गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसका दिन आफूले थालेका सकारात्मक पहलका रूपमा महिला ट्राफिक प्रहरीलाई रजस्वला भएका बेला चार दिन सडकमा डिउटी गर्नु नपर्ने र ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवक परिचालनबाट ट्राफिक व्यवस्थापन गर्ने घोषणा गरेका थिए ।

गृहमन्त्री लामिछानेको त्यही घोषणाका आधारमा बुधबारदेखि नै ट्राफिक प्रहरीले कारबाहीमा परेकाहरूलाई सडकमा उतारेको थियो । त्यसरी कारबाहीमा परेकाहरूलाई सडकमा उतार्ने कानुनी व्यवस्था नरहेको भन्दै व्यक्तिको घोेषणालाई नै कानुनजस्तै मानेर कार्यान्वयन भएपछि यसबारे टिकाटिप्पणी सुरू भएको थियो ।

।

 

 


Thali Mobile Pvt.Ltd.