भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

ट्राफिक स्वयंसेवक प्रकरणबारे गृहमन्त्री लामिछानेलाई प्रश्न

ट्राफिक स्वयंसेवक प्रकरणबारे गृहमन्त्री लामिछानेलाई प्रश्न

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छलफलको लागि बोलाएको छ । गणतन्त्र दिवसको अवसरमा घोषणा गरेर मापसेसहित ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवक बनाउने निर्णय कुन कानुनअनुसार गरेको भनेर सोध्न समितिले भोलिका निम्ति गृहमन्त्रीलाई बोलाएको हो ।

आज बसेको समिति बैठकमा समसामयिक विषयमा भएको छलफलमा कुनै पदमा बसेको व्यक्तिको घोषणालाई कानुन मान्न नसकिने निष्कर्षपछि समितिमै गृहमन्त्रीलाई बोलाएर छलफल गर्ने समझदारी भएको हो । गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसका दिन आफूले थालेका सकारात्मक पहलका रूपमा महिला ट्राफिक प्रहरीलाई रजस्वला भएका बेला चार दिन सडकमा डिउटी गर्नु नपर्ने र ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवक परिचालनबाट ट्राफिक व्यवस्थापन गर्ने घोषणा गरेका थिए ।

गृहमन्त्री लामिछानेको त्यही घोषणाका आधारमा बुधबारदेखि नै ट्राफिक प्रहरीले कारबाहीमा परेकाहरूलाई सडकमा उतारेको थियो । त्यसरी कारबाहीमा परेकाहरूलाई सडकमा उतार्ने कानुनी व्यवस्था नरहेको भन्दै व्यक्तिको घोेषणालाई नै कानुनजस्तै मानेर कार्यान्वयन भएपछि यसबारे टिकाटिप्पणी सुरू भएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.