भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

एकान्तकुनामा ‘स्विप अप्रेसन’ : १५ विचौलिया पक्राउ, सन लाइफका सिइओ पनि नियन्त्रणमा

एकान्तकुनामा ‘स्विप अप्रेसन’ : १५ विचौलिया पक्राउ, सन लाइफका सिइओ पनि नियन्त्रणमा

काठमाडौँ,  १७ चैत्र । यातायात व्यवस्था कार्यालय एकान्तकुना बाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अप्रेसन’ टोलीले ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार यातायात कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती तथा अवरोध सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको पाइएपछि उक्त कारबाही गरिएको हो।

यसैबीच, नेपाल प्रहरी को केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले राजकुमार अर्याल लाई पनि पक्राउ गरेको छ। उहाँलाई धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले दुवै घटनामा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.