भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एकान्तकुनामा ‘स्विप अप्रेसन’ : १५ विचौलिया पक्राउ, सन लाइफका सिइओ पनि नियन्त्रणमा

एकान्तकुनामा ‘स्विप अप्रेसन’ : १५ विचौलिया पक्राउ, सन लाइफका सिइओ पनि नियन्त्रणमा

काठमाडौँ,  १७ चैत्र । यातायात व्यवस्था कार्यालय एकान्तकुना बाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अप्रेसन’ टोलीले ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार यातायात कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती तथा अवरोध सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको पाइएपछि उक्त कारबाही गरिएको हो।

यसैबीच, नेपाल प्रहरी को केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले राजकुमार अर्याल लाई पनि पक्राउ गरेको छ। उहाँलाई धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले दुवै घटनामा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.