भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

त्रासको दशैं यात्रामा सडकभरी हिलाे र धुलाे

त्रासको दशैं यात्रामा सडकभरी हिलाे र धुलाे

काठमाडौं । दशैंमा घर जाने बस चढ्दा मन चङ्गा हुने नागरिकको यसपटक दशैं यात्रा त्रासकै बीच हुने गरेको उपत्यका बाहिरिनेको भनाइ छ । बाढी पहिरो र डुवानका कारण सडकको अवस्था नाजुक छ । जसका कारण भारी बोकेर गर्नुपरेको यात्रा जस्तो भएको छ । दशैंका लागि घर जान हिँडेका धेरैमा उत्साह उमंगभन्दा बढी डर र चिन्ता देखिएको छ ।

असोज ११ र १२ को भारी वर्षासँगै आएको बाढी र पहिरोले राजमार्गहरुमा ठूलो क्षति भएको छ । बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । त्यसैले मध्यपहाडी राजमार्गको निर्णय नै भइसकेको छैन । काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका केही जिल्ला बाहेकका नागरिकलाई नागढुंगा नाकाबाट जानुको विकल्प छैन । विस्तारका क्रममा खाल्डाखुल्डी बनाएर छाडिएका सडक भारी वर्षासँगै खसेको पहिरोले हिँडिनसक्नु छ ।

यात्रामा निस्किएकाहरु केही किलोमिटर दुरी पार गरेर नौबिसे पुग्दै थाकिसकेका भेटिन्छन् । अझ, काठमाडौंको नागढुंगामा नाकाकै झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाले ज्यान गुमाएको घटनाले धेरैलाई भयभीत बनाएको छ । दशैं यात्रा, कतै दशा बन्ने त होइन भन्ने पीरलो छ । नागढुंगाबाट ओरालो झर्नासाथ अधिकांश पहाड भत्किएका र साना ठूला पहिरा झरेका छन् ।

पहिरो पन्छाएपनि सडकभरि माटो पोखिएको छ । कतै विस्तारका क्रममा लगाएका टेवा पर्खालमा माटो भरिएको छैन । माटो छरिएका बाटोले हिरो र धुलो थपेको छ ।

 


Thali Mobile Pvt.Ltd.