भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

सडकको अवस्था बुझेर मात्र यात्रा गरौं

सडकको अवस्था बुझेर मात्र यात्रा गरौं

काठमाडौं । मनसुनी वर्षा भइरहेको र देशका विभिन्न क्षेत्रका राजमार्गमा अवरोध भइरहेकोले सडकको अवस्था बुझेरमात्रै लामो यात्रामा निस्किन नेपाल प्रहरीले अनुरोध गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले सडक बिग्रेका कारण यात्रु बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकोले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए ।

प्रहरीकाअनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको, ठाउँरठाउँमा भत्किएका, भासिएकाले दर्जनौँ सडक अझै खुलेको छैन । वर्षा जारी रहेकोले थप अवरोधको सम्भावना कायमै हुँदा विशेष ख्याल गर्न प्रहरीले नागरिकसँग आग्रह गरेको छ ।

अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम भइरहेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन आग्रह गरिएको प्रवक्ता कार्कीले बताए । उनले सडकको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाका लागि १११३ नम्बरमा सम्पर्क गर्न सकिने बताए । रासस

 


Thali Mobile Pvt.Ltd.