भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

आँप टिपेको निहुँमा एक युवकको हत्या

आँप टिपेको निहुँमा एक युवकको हत्या

काठमाडौं । आँप टिपेको निहुँमा रौतहटमा एक युवकको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका–१ बौधा पतौरा घर भइ हाल इशनाथ नगरपालिका–३ बस्ने १८ वर्षीय दशही साह र सोही ठाउँका १९ वर्षीय रोशन साह रहेका छन् ।

उनीहरुले २५ असारको राति ८ बजेतिर रौतहटको इशनाथ नगरपालिका–९ बस्ने १७ वर्षीय सहवाज मियाँको हत्या गरेको प्रहरीले जनाएको छ ।

इशनाथ नगरपालिकाको कार्यालय अगाडि रहेको आँपको बगैचामा मंगलबार राति उनीहरूले सहवाजलाई रड तथा छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मृतकको भाईले आँप बगैचामा आँप टिपेको विषयमा दशहीले कुटपिट गरेको देखेपछि सहवाजले दशहीलाई झापड हानेका थिए । त्यही रिसइबीमा दशही र रोशन मिलेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.