भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

ट्रम्पको धम्कीको जवाफमा सी जिनपिङको कूटनीतिः भियतनामलाई विरोधमा उभिन आह्वान

ट्रम्पको धम्कीको जवाफमा सी जिनपिङको कूटनीतिः भियतनामलाई विरोधमा उभिन आह्वान

एजेन्सी । अमेरिकासँग चुलिँदो व्यापार तनावबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले भियतनामलाई ‘एकपक्षीय धम्की’को विरोध गर्न आग्रह गरेका छन्।

अहिले दक्षिणपूर्वी एशियाको भ्रमणमा रहेका सीले भियतनामी कम्युनिस्ट पार्टी महासचिव तो लामसँगको भेटमा स्वतन्त्र र निष्पक्ष व्यापारको पक्षमा उभिन आह्वान गरेका हुन्।

यद्यपि सीले अमेरिकाको नाम लिएका छैनन्, सन्देश स्पष्ट छ—ट्रम्प प्रशासनको उच्च भन्सार नीतिको प्रत्यक्ष विरोध। ट्रम्प सरकारले चिनियाँ आयातमा १४५ % सम्म भन्सार शुल्क लगाएको छ भने, चीनले पनि १२५% भन्सार लगाएर प्रतिउत्तर दिएको छ। यही व्यापार युद्धको घेरामा भियतनामलाई पनि तान्ने प्रयास भइरहेको देखिन्छ।

 


Thali Mobile Pvt.Ltd.