भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

पोर्नस्टारलाई चुप रहन पैसा दिएको मुद्दामा ट्रम्पलाई सजाय तोकिँदै

पोर्नस्टारलाई चुप रहन पैसा दिएको मुद्दामा ट्रम्पलाई सजाय तोकिँदै

काठमाडौं । अमेरिकामा न्यायाधीशले डोनल्ड ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको मुद्दामा १० ज्यानुअरीका दिन न्यूयोर्कमा सजाय सुनाइने बताएका छन् । राष्ट्रपतिको शपथ लिने मितिको १० दिनअघि त्यस्तो सजाय सुनाइन लागिएको हो । न्यूयोर्कका न्यायाधीश ह्वान मर्चनले ट्रम्पलाई जेल, जेलबाहिर रहेर चालचलन सुधार्ने मौका वा जरिबाना नतोक्ने बरु निःसर्त छाड्ने सङ्केत गरेका छन् ।

उनले आफ्नो आदेशमा राष्ट्रपति निर्वाचित ट्रम्प सुनुवाइका लागि प्रत्यक्ष वा भर्चुअल माध्यममार्फत् उपस्थित हुनसक्ने बताएका छन् । ट्रम्पले राष्ट्रपतिमा भएको आफ्नो जितलाई आफूविरुद्धका मुद्दा खारेज गर्न प्रयोग गर्न खोजेका थिए । न्यायाधीशको आदेशबारे प्रतिक्रिया जनाउने क्रममा राष्ट्रपति निर्वाचित ट्रम्पले त्यसलाई अवैध राजनीतिक हमला भन्दै त्यो बदनियतपूर्ण परिहास बाहेक केही नभएको बताए ।

ट्रम्पको टोलीले सजाय तोक्ने काममा अघि बढ्ने न्यायाधीशको निर्णयको आलोचना गर्दै खारेज हुनुपर्ने बताए । गत मे महिनामा पूर्वपोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई झूटो व्यापारिक विवरण तयार पारेर १,३०,००० अमेरिकी डलर दिएको बारे ३४ वटा कसुरमा उनी दोषी ठहरिएका थिए । ती अभियोग ट्रम्पका पूर्व वकिल माइकल कोएनले सन् २०१६ को चुनावअघि ड्यान्यल्सलाई ट्रम्पसँग भएको भनिएको यौन सम्बन्धबारे चुप रहनका रकम दिएको विषय लुकाउने प्रयास सम्बन्धी छन् ।

ट्रम्पले यस मुद्दाबारे पछिल्लो पटक बोल्ने क्रममा त्यसले आफूमाथि राष्ट्रपति रहुन्जेल झुण्डिरहने र आफ्नो शासन गर्ने क्षमतामा बाधा पुर्‍याउने बताएका थिए । न्यायाधीश मर्चनले राष्ट्रपतिको रूपमा काम गर्दा फौजदारी मुद्दाबाट विचलित हुने भन्ने ट्रम्पको चिन्तालाई कम गर्नसक्ने धेरै उपायहरू आफूलाई सुझाइएको र त्यसमा फैसला उल्टाउने उपाय नरहेको बताए।

ती न्यायाधीशसँग रहेका विकल्पमा ७८ वर्षीय ट्रम्पलाई सजाय सुनाउने निर्णय सन् २०२९ मा उनले ह्वाइटहाउस नछाड्दासम्म पर सार्ने वा उनलाई जेल नपठाउने सजाय सुनिश्चित गर्ने थिए ।

 


Thali Mobile Pvt.Ltd.