भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पोर्नस्टारलाई चुप रहन पैसा दिएको मुद्दामा ट्रम्पलाई सजाय तोकिँदै

पोर्नस्टारलाई चुप रहन पैसा दिएको मुद्दामा ट्रम्पलाई सजाय तोकिँदै

काठमाडौं । अमेरिकामा न्यायाधीशले डोनल्ड ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको मुद्दामा १० ज्यानुअरीका दिन न्यूयोर्कमा सजाय सुनाइने बताएका छन् । राष्ट्रपतिको शपथ लिने मितिको १० दिनअघि त्यस्तो सजाय सुनाइन लागिएको हो । न्यूयोर्कका न्यायाधीश ह्वान मर्चनले ट्रम्पलाई जेल, जेलबाहिर रहेर चालचलन सुधार्ने मौका वा जरिबाना नतोक्ने बरु निःसर्त छाड्ने सङ्केत गरेका छन् ।

उनले आफ्नो आदेशमा राष्ट्रपति निर्वाचित ट्रम्प सुनुवाइका लागि प्रत्यक्ष वा भर्चुअल माध्यममार्फत् उपस्थित हुनसक्ने बताएका छन् । ट्रम्पले राष्ट्रपतिमा भएको आफ्नो जितलाई आफूविरुद्धका मुद्दा खारेज गर्न प्रयोग गर्न खोजेका थिए । न्यायाधीशको आदेशबारे प्रतिक्रिया जनाउने क्रममा राष्ट्रपति निर्वाचित ट्रम्पले त्यसलाई अवैध राजनीतिक हमला भन्दै त्यो बदनियतपूर्ण परिहास बाहेक केही नभएको बताए ।

ट्रम्पको टोलीले सजाय तोक्ने काममा अघि बढ्ने न्यायाधीशको निर्णयको आलोचना गर्दै खारेज हुनुपर्ने बताए । गत मे महिनामा पूर्वपोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई झूटो व्यापारिक विवरण तयार पारेर १,३०,००० अमेरिकी डलर दिएको बारे ३४ वटा कसुरमा उनी दोषी ठहरिएका थिए । ती अभियोग ट्रम्पका पूर्व वकिल माइकल कोएनले सन् २०१६ को चुनावअघि ड्यान्यल्सलाई ट्रम्पसँग भएको भनिएको यौन सम्बन्धबारे चुप रहनका रकम दिएको विषय लुकाउने प्रयास सम्बन्धी छन् ।

ट्रम्पले यस मुद्दाबारे पछिल्लो पटक बोल्ने क्रममा त्यसले आफूमाथि राष्ट्रपति रहुन्जेल झुण्डिरहने र आफ्नो शासन गर्ने क्षमतामा बाधा पुर्‍याउने बताएका थिए । न्यायाधीश मर्चनले राष्ट्रपतिको रूपमा काम गर्दा फौजदारी मुद्दाबाट विचलित हुने भन्ने ट्रम्पको चिन्तालाई कम गर्नसक्ने धेरै उपायहरू आफूलाई सुझाइएको र त्यसमा फैसला उल्टाउने उपाय नरहेको बताए।

ती न्यायाधीशसँग रहेका विकल्पमा ७८ वर्षीय ट्रम्पलाई सजाय सुनाउने निर्णय सन् २०२९ मा उनले ह्वाइटहाउस नछाड्दासम्म पर सार्ने वा उनलाई जेल नपठाउने सजाय सुनिश्चित गर्ने थिए ।

 


Thali Mobile Pvt.Ltd.