भर्खरै : Sorry, your browser does not support inline SVG.
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड |

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारलाई ट्रम्पको निर्देशन

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारलाई ट्रम्पको निर्देशन

अमेरिका, ११ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूलाई इरानसँग हतारमा कुनै पनि सम्झौता नगर्न निर्देशन दिएका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत सम्झौता पूर्ण रूपमा प्रमाणित र हस्ताक्षर नभएसम्म नाकाबन्दी कायम रहने स्पष्ट पारेका छन्।

ट्रम्पका अनुसार सम्झौता नभएसम्म नाकाबन्दी पूर्ण रूपमा प्रभावमा रहनेछ। यसले अमेरिका–इरान सम्बन्धमा जारी तनाव अझै कायम रहने संकेत गरेको छ।

यसअघि फेब्रुअरी २८ मा अमेरिका–इजरायलले सुरु गरेको आक्रमणको जवाफस्वरूप इरानले स्ट्रेट अफ हर्मुज हुँदै हुने व्यापारिक आवतजावतमा असर परेको बताइएको थियो। त्यसपछि अमेरिका पक्षबाट अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाइएको दाबी गरिएको छ।

यता, अमेरिका र इरानबीच नयाँ युद्धविराम सम्झौताका लागि खाका तयार भइरहेको समाचार बाहिरिएको छ। यद्यपि ह्वाइट हाउसले औपचारिक विवरण सार्वजनिक गरेको छैन।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सरकारी टेलिभिजनमार्फत दुई पक्ष १४ बुँदे समझदारीपत्र (मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ) अन्तिम चरणमा पुगेको बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.