भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

जलेश्वर कारागारबाट भागेका २५० कैदी अझै फरार, ३२६ जना फर्किए

जलेश्वर कारागारबाट भागेका २५० कैदी अझै फरार, ३२६ जना फर्किए

मुख्य बुँदा

जलेश्वर कारागारबाट भागेका ५७६ मध्ये २५० जना अझै फरार

हालसम्म ३२६ कैदीबन्दी कारागारमा फर्किए

भाग्ने क्रममा ४० भारतीय नागरिक समेत संलग्न

फरार कैदी खोज्न सुरक्षा निकाय परिचालन

कारागारमा भीड, संरचना र औषधि अभावको समस्या

जनकपुरधाम, ११ जेठ । महोत्तरीको जलेश्वर कारागारबाट जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये अझै २५० जना फरार रहेका छन्। आन्दोलनको मौका छोपी कारागार तोडेर भागेका ५७६ कैदीमध्ये हालसम्म ३२६ जना फर्किसकेको कारागार प्रमुख अशोककुमार क्षेत्रीले बताएका छन्।

गत भदौ २४ गते जलेश्वर नगरपालिका–२ स्थित कारागार तोडेर कैदीबन्दी भागेका थिए। भाग्नेमा ४० जना भारतीय नागरिकसमेत रहेका थिए। कारागार प्रशासनले भदौ २५ गते नै सबै फरार कैदीलाई फर्किन आह्वान गरेको थियो। त्यसयता विभिन्न समयमा कैदीहरू स्वेच्छाले फर्किँदै आएका छन्।

हालसम्म ३१६ नेपाली र १० भारतीय नागरिक फर्किसकेको र फर्किने क्रम अझै जारी रहेको कारागार प्रमुख क्षेत्रीले जानकारी दिए।फर्किने कैदीबन्दीलाई कारागार ऐन २०७९ तथा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ। फरार कैदीलाई लुकाउने वा आश्रय दिने व्यक्तिमाथि पनि कानुनी कारबाही हुने प्रशासनले स्पष्ट पारेको छ।

यसअघि १३ जना कैदी भारतीय प्रहरीले पक्राउ गरी नेपाललाई बुझाएको थियो। वि.सं. १९१३ मा निर्माण भएको पुरानो जलेश्वर कारागारमा हाल २०० जनाको क्षमता भए पनि दोब्बरभन्दा बढी कैदीबन्दी राखिँदै आएको छ। संरचना पुरानो भएकाले व्यवस्थापनमा समस्या भइरहेको छ भने वर्षायाममा डुबानको जोखिमसमेत रहेको जनाइएको छ।

कारागार प्रशासनका अनुसार खानेपानी र खानाको व्यवस्था सामान्य रहे पनि औषधिको अभाव प्रमुख समस्या बनेको छ। बजेट अभावका कारण आवश्यक औषधि समयमै उपलब्ध गराउन कठिनाइ भइरहेको बताइएको छ।

सुरक्षा निकाय परिचालन गरेर फरार कैदीको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्। स्थानीय सरोकारवालाले कारागारलाई सुधार केन्द्रका रूपमा विकास गर्नुपर्ने, नयाँ भवन निर्माण र सीपमूलक कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

 


Thali Mobile Pvt.Ltd.