भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा चक्कामा आगो

टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा चक्कामा आगो

काठमाडौँ, २८ बैशाख । टर्किस एयरलाइन्सको एक जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ ।

इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके–७२६ कल साइनको विमान अवतरण गर्ने क्रममा उक्त घटना भएको हो ।

विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार घटनापछि दमकल टोली तत्काल पुगेर आगोलाई नियन्त्रणमा लिएको थियो । घटनामा सबै यात्रु सुरक्षित रहेको उनले जानकारी दिए ।

हाल सुरक्षाका कारण रनवे अस्थायी रूपमा बन्द गरी विमानलाई ट्याक्सी–वे तर्फ लैजाने प्रयास भइरहेको छ । विमानलाई ट्याक्सी–वेमा लगिएपछि प्राविधिक जाँच गरिने पनि एसपी सिलवालले बताए ।

प्रारम्भिक जानकारीअनुसार विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य सवार थिए । उक्त विमानमा संयुक्त राष्ट्र संघका कूटनीतिज्ञहरू समेत रहेका थिए ।

यसअघि २०७१ सालमा पनि टर्किस एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेर धावनमार्ग अवरुद्ध भएको थियो । उक्त घटनामा मानवीय क्षति नभए पनि विमानस्थल चार दिनसम्म बन्द हुन पुगेको थियो ।

 

 

 


Thali Mobile Pvt.Ltd.