भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

दार्चुलाबाट धनगढीतर्फ गइरहेको जिप डोटीको जोरायलमा दुर्घटना, दुईजनाको मृत्यु, सात घाइते

दार्चुलाबाट धनगढीतर्फ गइरहेको जिप डोटीको जोरायलमा दुर्घटना, दुईजनाको मृत्यु, सात घाइते

डोटी । डोटीमा जिप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बिहान भएको दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्यको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त जिपमा चालकसहित नौजना सवार थिए । दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना भएको हो ।

 


Thali Mobile Pvt.Ltd.