काठमाण्डौ । हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यसवर्ष भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियानका साथ दिवस केन्द्रित गरी कार्यक्रम भइरहेका छन् । बुधबा विश्व वातावरण दिवस ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ नेपालमा पनि मनाइँएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दिवसका अवसरमा सन्देशमार्फत मानिस भूमिमा निर्भर रहेको तर प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले पृथ्वी अर्थात् भूमि खराब बन्दै गएको बताएका छन् । उनले पृथ्वीलाई स्वच्छ राख्दा मानवसँगै सबै जीवजन्तुको भविष्य सुरक्षित रहने पनि बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को जुन १६ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । यो सम्मेलनमा वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने विषय उठेको थियो । त्यसैअनुसार सम्मेलनको दोस्रो वर्ष अर्थात् १९७३ जुन ५ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।
वातावरण तथा जनस्वास्थ्यलाई हानी पुर्याउने तोकिएको मापदण्डभन्दा कम गुणस्तरको प्लाष्टिकका झोलाको प्रयोग र बिक्री वितरणलाई निरुत्साहित गर्ने, बहुप्रयोग हुने कपडा तथा अन्य वातावरणमैत्री सामग्री प्रयोग गरी बनाइएका वैकल्पिक झोलाको प्रयोगलाई प्रोत्साहन गर्नेलगायत प्रतिबद्धतामा उल्लेख छ । त्यसतर्फ ध्यान दिएर सबै देशले वातावरण संरक्षणका लागि गरेका प्रतिबद्धता पूरा गर्नेतर्फ लाग्नुपर्ने छ ।
नेपालमा वातावरण संरक्षणका लागि वन तथा वातावरण मन्त्रालय, मातहतका निकाय र विभिन्न सङ्घसंस्थाले पहल गर्दै आएका छन् । तर ती प्रयासबाट अपेक्षा अनुसारको उपलब्धि हुन नसकेको टिकाटिप्पणी हुँदै आएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले वातावरण दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वाधार विकासका क्रममा दिगो विकासको अवधारणालाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न दिवसले सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
वातावरण विभाग, वातावरण संरक्षणकर्मी, जनप्रतिनिधि तथा सरोकारवालाले वातावरण संरक्षणका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।
आफू सम्बद्ध निकायको वार्षिक नीति तथा कार्यक्रममा प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमलाई समावेश गरी प्राथमिकताका साथ कार्यान्वयन गर्न प्रतिबद्ध रहने विषयमा सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् । जैविक विविधताको संरक्षण र अभिलेखीकरण, पानीका मुहान, कुँवा, पोखरी तथा तालतलैयाको संरक्षण गर्नेतर्फ ध्यान केन्द्रित गर्ने ती निकायको प्रतिबद्धता छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । प्रहरीले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। अवैध रूपमा लुकाई छिपाई विदेश लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नी यानलाई प्रहरीले पक्राउ गरेको हो ।...
काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट ६ जना पक्राउ गरेको छ । देशका विभिन्न स्थानबाट अवैध लागू औषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । झापाको झापा गाउँपालिका–४ टाघनडुब्बाबाट...
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर...
काठमाण्डौ । सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको...