भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

लागुऔषध कारोबारी दुई भारतीयलाई गोली हानी पक्राउ

लागुऔषध कारोबारी दुई भारतीयलाई गोली हानी पक्राउ

काठमाडौं । लागुऔषध कारोबारी दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । झापामा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारी दुई भारतीय नागरिकलाई पक्राउँ गरेको हो ।

वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले रोकेर जाँच गर्ने क्रममा भाग्न खोज्दा उनीहरूमाथि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाको कनकाई नगरपालिका– ४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको जनाएको छ ।

भाग्ने क्रममा घुडाँमुनी गोली लागेर घाइते भएका मोटरसाइकल चालक अन्जार आलमको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको झापा प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ६३ मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.