भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

एक अमेरिकी डलरको खरिददर एक सय ३९ रूपैयाँ २ पैसा

एक अमेरिकी डलरको खरिददर एक सय ३९ रूपैयाँ २ पैसा

काठमाण्डौ । एक अमेरिकी डलरको खरिददर एक सय ३९ रूपैयाँ २ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ६२ पैसा रहेको छ । बुधबार अमेरिकी डलरको भाउ घटेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ घटेको उल्लेख छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रूपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रूपैयाँ ९३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ९६ पैसा र बिक्रीदर आठ रूपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रूपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ १३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३० पैसा कायम भएको छ ।

मंगलबार अमेरिकी एक डलरको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा थियो । बुधबार युरोपियन युरो एकको खरिदर एक सय ४३ रूपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४४ रूपैयाँ १४ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यूरोको भाउ बढेको छ ।

युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७३ रूपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रूपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ५३ रूपैयाँ ६१ पैसा कायम गरिएको छ । युके पाउन्ड स्टर्लिङ र स्वीस फ्रयाङ्क दुवैको मूल्य बढेको केन्द्रीय बैङ्कले निर्धारण गरेको विनिमयदरमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.