भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौँ । काठमाडौं प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा दुइजनालाई पक्राउ गरेको हो ।

आक्रमण तथा कुटपिटबाट उनको मृत्यु भएको अनुसन्धानमा देखिएपछि घटनामा संलग्न रहेको आरोपमा २ जना पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक आज मृत अवस्थामा भेटिएका थिए। उक्त घटनामा झापाका सागर महतरा र रामेछापका सन्तोष शंकर पक्राउ परेका छन्। उनले मृतकको शरीरमा चोटपटक पनि देखिएको जानकारी दिए। सिसी टिभी फुटेजबाट मान्छे पहिचान भएको हो।

 


Thali Mobile Pvt.Ltd.