भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

काठमाण्डौ । गण्डकी प्रदेशको एक–दुई ठाउँमा सामान्य पानी परेको छ । पछिल्लो १२ घण्टामा स्याङ्जाको स्याङ्जा स्टेशनमा ७ मिलिमिटर वर्षा भएको छ । म्याग्दीको मुना स्टेशनमा १२ घण्टामा ३ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

विशेषगरी पश्चिम क्षेत्रका कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा पानी पर्ने पूर्वानुमान छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुनेछ । मधेशमा मौसम आंशिक बदली भए पनि वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

भोलि दिउँसोपछि मौसममा क्रमिक सुधार हुँदै जानेछ । गण्डकी प्रदेशका प्रायः सबै जिल्लाका केही ठाउँमा छिटपुटदेखि सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच काठमाण्डौ उपत्यकासहित बागमती, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भएको छ । यी प्रदेशका केही ठाउँमा आज राति फाटफुट पानी पर्ने सम्भावना रहेको मौसमविद्लेबताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.