भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

काठमाण्डौ । गण्डकी प्रदेशको एक–दुई ठाउँमा सामान्य पानी परेको छ । पछिल्लो १२ घण्टामा स्याङ्जाको स्याङ्जा स्टेशनमा ७ मिलिमिटर वर्षा भएको छ । म्याग्दीको मुना स्टेशनमा १२ घण्टामा ३ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

विशेषगरी पश्चिम क्षेत्रका कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा पानी पर्ने पूर्वानुमान छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुनेछ । मधेशमा मौसम आंशिक बदली भए पनि वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

भोलि दिउँसोपछि मौसममा क्रमिक सुधार हुँदै जानेछ । गण्डकी प्रदेशका प्रायः सबै जिल्लाका केही ठाउँमा छिटपुटदेखि सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच काठमाण्डौ उपत्यकासहित बागमती, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भएको छ । यी प्रदेशका केही ठाउँमा आज राति फाटफुट पानी पर्ने सम्भावना रहेको मौसमविद्लेबताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.