भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

अमेरिकाले युक्रेनलाई निरन्तर पैसा दिँदा थाकेको टिप्पणी, ट्रम्प र जेलेन्स्की बीच भनाभन

अमेरिकाले युक्रेनलाई निरन्तर पैसा दिँदा थाकेको टिप्पणी, ट्रम्प र जेलेन्स्की बीच भनाभन

ऐजेन्सी । अमेरिकाले युक्रेनलाई निरन्तर पैसा उपलब्ध गराउँदै गर्दा थाकिसकेको टिप्पणी गरेको छ। ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेविटले यो कुरा ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै गर्नुभएको हो।

उनीले युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूससँगको युद्धले सिर्जना गरेको संकट स्वीकार गर्न तयार नभएको बताइन्। यो युद्ध धेरै वर्षदेखि चलिरहेको छ। उनका नागरिक मरेका छन्,” लेविटले भनिन्। अमेरिकी नागरिक युद्धको खर्च तिर्दै थाकिसकेका छन्। उनका अनुसार, वर्तमान परिस्थितिले युक्रेनी राष्ट्रपति जेलेन्स्कीभन्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा देखिन्छ।

ट्रम्पको प्राथमिकताहरु विगतका अमेरिकी प्रशासनभन्दा फरक छन्; उनी युद्धको अन्त्य चाहन्छन्, जबकि जेलेन्स्की युद्धको अन्त्य चाहनामा देखिन्नन्, लेविटले भनिन्। यसअघि ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्की बीचको भेटमा भनाभन भएको थियो। यस विषयमा अमेरिकाको विपक्षी डेमोक्रेटिक पार्टीका केही नेताले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भेन्सले जेलेन्स्कीमाथि गलत व्यवहार गरेको आरोप लगाएका छन्, बीबीसीले जनाएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.