भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

गृह र परराष्ट्र कांग्रेस, अर्थ र सञ्चार एमाले यसरी लगायो मन्त्रालयको भागवण्डा

गृह र परराष्ट्र कांग्रेस, अर्थ र सञ्चार एमाले यसरी लगायो मन्त्रालयको भागवण्डा

काठमाडौं । कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि मन्त्रालय भागबण्डामा टुंगिएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भोलि सदनमा विश्वासको मत लिँदा नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने उनीहरुको तर्क छ । पहिलो चरणमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दैछन् । एमालेले सरकारको नेतृत्व गरेपछि कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको छ ।

मन्त्रायल भागबण्डामा दुई दलबीच धेरै विवाद नरहेको काँग्रेस सभापति देउवाले बताएका छन् । ‘साना दल सबै सरकारमा जान तयार देखिएका छन् । यो डेढ वर्षमा जनमोर्चा र नेमकिपाबाहेक सबै सरकारमा गएका छन् । त्यसैले दुई दलले लिने मन्त्रालय निश्चित भएको छ ।’ गृह र परराष्ट्र कांग्रेसले र अर्थ र सञ्चार एमालेले लिने सहमति भइसकेको दाबी छ । अरु मन्त्रालय टुंग्याउन रमेश लेखक र शंकर पोखरेल बसेर मन्त्रालयको टुंग्याउने तयारी छ ।

सबैलाई मान्य हुनेगरी मन्त्रालयको बाँडफाँट हुने प्रवक्ता डा. प्रकाशशरण महतले बताए । सरकारमा उपप्रधानमन्त्री राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भइरहेको छ । तर, एमालेका अध्यक्ष ओलीले मन्त्रालयको बाँडफाँट भइ नसकेको दाबी गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.