भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

गृह र परराष्ट्र कांग्रेस, अर्थ र सञ्चार एमाले यसरी लगायो मन्त्रालयको भागवण्डा

गृह र परराष्ट्र कांग्रेस, अर्थ र सञ्चार एमाले यसरी लगायो मन्त्रालयको भागवण्डा

काठमाडौं । कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि मन्त्रालय भागबण्डामा टुंगिएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भोलि सदनमा विश्वासको मत लिँदा नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने उनीहरुको तर्क छ । पहिलो चरणमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दैछन् । एमालेले सरकारको नेतृत्व गरेपछि कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको छ ।

मन्त्रायल भागबण्डामा दुई दलबीच धेरै विवाद नरहेको काँग्रेस सभापति देउवाले बताएका छन् । ‘साना दल सबै सरकारमा जान तयार देखिएका छन् । यो डेढ वर्षमा जनमोर्चा र नेमकिपाबाहेक सबै सरकारमा गएका छन् । त्यसैले दुई दलले लिने मन्त्रालय निश्चित भएको छ ।’ गृह र परराष्ट्र कांग्रेसले र अर्थ र सञ्चार एमालेले लिने सहमति भइसकेको दाबी छ । अरु मन्त्रालय टुंग्याउन रमेश लेखक र शंकर पोखरेल बसेर मन्त्रालयको टुंग्याउने तयारी छ ।

सबैलाई मान्य हुनेगरी मन्त्रालयको बाँडफाँट हुने प्रवक्ता डा. प्रकाशशरण महतले बताए । सरकारमा उपप्रधानमन्त्री राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भइरहेको छ । तर, एमालेका अध्यक्ष ओलीले मन्त्रालयको बाँडफाँट भइ नसकेको दाबी गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.