भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान

काठमाडौं, २४ भदौ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा अधिवेशन अमेरिकाको न्यूयोर्कमा औपचारिक रूपमा सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घीय महासभाका नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा अधिवेशनको उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा अध्यक्ष रहमानले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्व, विकासका उपलब्धिमा देखिएको कमजोरी तथा अस्थिरता र बढ्दो जलवायु परिवर्तनका असरले विश्व समुदायसामु गम्भीर चुनौती खडा गरेको बताए ।

यी चुनौतीका कारण बहुपक्षीयताप्रतिको विश्वासमा समेत ठूलो दबाब परेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय संस्था र सामूहिक प्रयासप्रति घट्दै गएको विश्वासलाई संवाद, सहकार्य र प्रभावकारी काममार्फत पुनःस्थापित गर्नुपर्नेमा उनले जोड दिए । ८१औँ महासभाको मुख्य विषय ‘विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन, सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसङ्घ’ तय गरिएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वसामु रहेका विभिन्न चुनौतीबारे ध्यानाकर्षण गराएका छन् । उनले द्वन्द्व र बढ्दो विभाजन, आणविक तनावको जोखिम, गरिबी तथा असमानता, तीव्र बन्दै गएको जलवायु सङ्कट, कृत्रिम बुद्धिमत्ताबाट सिर्जित अवसर तथा जोखिम र दिगो विकासका लक्ष्य हासिल गर्ने सुस्त प्रगतिलाई प्रमुख चुनौतीका रूपमा औँल्याएका छन् ।

महासभामा यी चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य, बहुपक्षीय प्रयास र सामूहिक प्रतिबद्धतालाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.