भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

UN Mission: दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

UN Mission: दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडाैं । दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली अदली बदली भएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यका लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत रहेकाे छ ।

UN Mission मा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आएकाे नेपाली सेनाकाे टाेली अदली बदली भएकाे हाे ।

आज २०७९ भाद्र ३० गते श्रीजंग गण (शान्ति सेना) ११ औं डफ्फालाई बदली गर्नका लागि SIB १२ औं डफ्फाको अन्तिम टोली सेनानी सुरज थापाको नेतृत्वमा २३२ जना मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

नेपाली शान्ति सैनिकहरु UN Chartered Flight (Nepal Airline Airbus A-330) मार्फत काठमाण्डौंबाट प्रस्थान गरेका हुन । उक्त मिशनमा तैनाथ श्रीजंग गण (शान्ति सेना) ११ औं डफ्फाको अन्तिम टोली प्रमुख सेनानी शिखर जंग बहादुर राणाको नेतृत्वमा २२९ जना नेपाली शान्ति सैनिक आजै स्वदेश आगमन भएकाे नेपाली सेनाले जनाएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.