भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

इजरायली नाकाबन्दीका कारण युएन मिसनलाई गाजा प्रवेशमा रोक

इजरायली नाकाबन्दीका कारण युएन मिसनलाई गाजा प्रवेशमा रोक

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस एधानोम गेब्रेयससले गाजामा इजरायली नाकाबन्दीका कारण राष्ट्रसंघका ७५ प्रतिशत मिसनलाई गाजा प्रवेश गर्नबाट रोकिएको बताएका छन्।

जेनेभामा पत्रकार सम्मेलनमा बोल्दै डा.टेड्रोसले मार्च २ देखि गाजामा इजरायलले लगाएको पूर्ण नाकाबन्दीले खाद्यान्न तथा चिकित्सालगायतका आधारभूत वस्तुको आपूर्तिसमेत रोकिएको जानकारी दिए।

गत हप्तामा मात्रै संयुक्त राष्ट्रसंघका ७५ प्रतिशत मिसनहरू रोकिँदा भोक, कुपोषण तथा आश्रय र पर्याप्त स्वास्थ्य सेवाको पहुँच अभावले रोग र मृत्युको जोखिम बढेको चेतावनी उनले दिएका छन्।

टेड्रोसले गाजाको स्वास्थ्य प्रणालीमा इजरायली आक्रमण जारी रहेको कुरामा जोड दिँदै सन् २०२३ अक्टोबर ७ देखि चार सयभन्दा बढी मानवतावादीहरूको मृत्यु भएको बताए। बढ्दो जोखिम र घट्दो आपूर्तिको बाबजुद गाजामा सहायता, स्वास्थ्य सेवा र निर्वाध मानवीय पहुँचका लागि तत्काल नाकाबन्दी हटाउन उनले आह्वान गरे।रासस

 


Thali Mobile Pvt.Ltd.