भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

UN Mission: दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

UN Mission: दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडाैं । दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली अदली बदली भएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यका लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत रहेकाे छ ।

UN Mission मा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आएकाे नेपाली सेनाकाे टाेली अदली बदली भएकाे हाे ।

आज २०७९ भाद्र ३० गते श्रीजंग गण (शान्ति सेना) ११ औं डफ्फालाई बदली गर्नका लागि SIB १२ औं डफ्फाको अन्तिम टोली सेनानी सुरज थापाको नेतृत्वमा २३२ जना मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

नेपाली शान्ति सैनिकहरु UN Chartered Flight (Nepal Airline Airbus A-330) मार्फत काठमाण्डौंबाट प्रस्थान गरेका हुन । उक्त मिशनमा तैनाथ श्रीजंग गण (शान्ति सेना) ११ औं डफ्फाको अन्तिम टोली प्रमुख सेनानी शिखर जंग बहादुर राणाको नेतृत्वमा २२९ जना नेपाली शान्ति सैनिक आजै स्वदेश आगमन भएकाे नेपाली सेनाले जनाएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.