भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इमरान खानको जेल अवस्थाबारे तत्काल कदम चाल्न राष्ट्रसंघको आग्रह

इमरान खानको जेल अवस्थाबारे तत्काल कदम चाल्न राष्ट्रसंघको आग्रह

काठमाडौं, २७ मंसिर । संयुक्त राष्ट्रसंघकी यातना मामिला सम्बन्धी विशेष विज्ञ एलिस जिल एडवर्ड्सले पाकिस्तान सरकारलाई पूर्वप्रधानमन्त्री इमरान खानको जेलभित्रको अवस्थाबारे आएका रिपोर्टहरूमा तत्काल र प्रभावकारी कदम चाल्न आग्रह गरेकी छन् । उनले इमरान खानमाथि भइरहेको व्यवहार यातना वा अन्य अमानवीय तथा अपमानजनक व्यवहारको श्रेणीमा पर्न सक्ने चेतावनी दिएकी छन् ।

एडवर्ड्सले पाकिस्तानी अधिकारीहरूलाई इमरान खानको हिरासत अवस्था अन्तर्राष्ट्रिय मापदण्ड र मानकअनुसार सुनिश्चित गर्न अपिल गरेकी छन् । उनका अनुसार सन् २०२३ सेप्टेम्बर २६ मा रावलपिण्डीस्थित अडियाला जेलमा सारिएयता इमरान खानलाई लामो समयसम्म एकान्त कारावासमा राखिएको छ । उनी दिनको करिब २३ घण्टा एकान्त कोठरीमा बन्द रहने र बाहिरी संसारसँगको सम्पर्क अत्यन्त सीमित गरिएको बताइएको छ । एकान्त कोठरीभित्र समेत निरन्तर क्यामेराबाट निगरानी गरिने गरिएको एडवर्ड्सले उल्लेख गरेकी छन् ।

उनले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनअनुसार लामो समयसम्मको एकान्त कारावास निषेध रहेको स्मरण गराउँदै १५ दिनभन्दा बढी कायम रहँदा त्यसलाई यातनाको एक रूप मानिने स्पष्ट पारिन् । “इमरान खानमाथि लगाइएको एकान्त कारावासको सजाय कुनै पनि ढिलाइ नगरी अन्त्य गरिनुपर्छ,” एडवर्ड्सले भनिन्, “लामो समयसम्मको यस्तो कारावास गैरकानुनी मात्र होइन, यसले उनको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्न सक्छ ।”

रिपोर्टअनुसार इमरान खानलाई कोठरीबाहिर गतिविधि गर्न वा अन्य कैदीसँग भेटघाट गर्न अनुमति दिइएको छैन। उनी सामूहिक नमाजमा समेत सहभागी हुन पाएका छैनन् । यसका साथै वकिल, परिवारका सदस्य तथा अन्य व्यक्तिसँगको भेटघाट पनि प्रायः रोकिएको वा समयभन्दा अघि नै अन्त्य गरिने गरिएको जनाइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.