भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

इमरान खानको जेल अवस्थाबारे तत्काल कदम चाल्न राष्ट्रसंघको आग्रह

इमरान खानको जेल अवस्थाबारे तत्काल कदम चाल्न राष्ट्रसंघको आग्रह

काठमाडौं, २७ मंसिर । संयुक्त राष्ट्रसंघकी यातना मामिला सम्बन्धी विशेष विज्ञ एलिस जिल एडवर्ड्सले पाकिस्तान सरकारलाई पूर्वप्रधानमन्त्री इमरान खानको जेलभित्रको अवस्थाबारे आएका रिपोर्टहरूमा तत्काल र प्रभावकारी कदम चाल्न आग्रह गरेकी छन् । उनले इमरान खानमाथि भइरहेको व्यवहार यातना वा अन्य अमानवीय तथा अपमानजनक व्यवहारको श्रेणीमा पर्न सक्ने चेतावनी दिएकी छन् ।

एडवर्ड्सले पाकिस्तानी अधिकारीहरूलाई इमरान खानको हिरासत अवस्था अन्तर्राष्ट्रिय मापदण्ड र मानकअनुसार सुनिश्चित गर्न अपिल गरेकी छन् । उनका अनुसार सन् २०२३ सेप्टेम्बर २६ मा रावलपिण्डीस्थित अडियाला जेलमा सारिएयता इमरान खानलाई लामो समयसम्म एकान्त कारावासमा राखिएको छ । उनी दिनको करिब २३ घण्टा एकान्त कोठरीमा बन्द रहने र बाहिरी संसारसँगको सम्पर्क अत्यन्त सीमित गरिएको बताइएको छ । एकान्त कोठरीभित्र समेत निरन्तर क्यामेराबाट निगरानी गरिने गरिएको एडवर्ड्सले उल्लेख गरेकी छन् ।

उनले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनअनुसार लामो समयसम्मको एकान्त कारावास निषेध रहेको स्मरण गराउँदै १५ दिनभन्दा बढी कायम रहँदा त्यसलाई यातनाको एक रूप मानिने स्पष्ट पारिन् । “इमरान खानमाथि लगाइएको एकान्त कारावासको सजाय कुनै पनि ढिलाइ नगरी अन्त्य गरिनुपर्छ,” एडवर्ड्सले भनिन्, “लामो समयसम्मको यस्तो कारावास गैरकानुनी मात्र होइन, यसले उनको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्न सक्छ ।”

रिपोर्टअनुसार इमरान खानलाई कोठरीबाहिर गतिविधि गर्न वा अन्य कैदीसँग भेटघाट गर्न अनुमति दिइएको छैन। उनी सामूहिक नमाजमा समेत सहभागी हुन पाएका छैनन् । यसका साथै वकिल, परिवारका सदस्य तथा अन्य व्यक्तिसँगको भेटघाट पनि प्रायः रोकिएको वा समयभन्दा अघि नै अन्त्य गरिने गरिएको जनाइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.