भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इरानले सैन्य अधिकारी मारिएको बदलामा इजरायलमाथि शक्तिशाली आक्रमणको कसम खायो

इरानले सैन्य अधिकारी मारिएको बदलामा इजरायलमाथि शक्तिशाली आक्रमणको कसम खायो

एजेन्सी । इरान १०० भन्दा बढी शक्तिशाली ड्रोन र दर्जनौँ मिसाइलमार्फत् एकैपटक इजरायलमाथि आक्रमण गर्ने तयारीमा जुटेको छ । इरान इजरायलमाथि शक्तिशाली आक्रमणको अन्तिम तयारीमा जुटेको अमेरिकी सेनाले जनाएको हो ।

इरानले १२ दिनअघि सीरियाको राजधानी दमास्कसमा इजरायली आक्रमणमा आफ्ना सैन्य अधिकारी मारिएको बदलामा इजरायलमाथि शक्तिशाली आक्रमणको कसम खाएको छ । अमेरिकी समाचार संस्था सीबीएसले प्रकाशित गरेको समाचार अनुसार ईरान आगामी ४८ घण्टाभित्रै इजरायलमाथि शक्तिशाली आक्रमणको तयारीमा जुटेको जनाएको छ ।

‘हामी इजरायलको सुरक्षाका लागि प्रतिबद्ध छौँ, इजरायलको साथ दिन्छौँ, इजरायलको सुरक्षा गर्छौँ। इरान सफल हुन पाउने छैन’, बाइडेनले सन्देशमा भनेका छन्।

उता अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन्। बाइडेनले इजरायलमाथि आक्रमण गरे अमेरिका इजरायलको प्रतिरक्षामा उत्रिने चेतावनीसमेत दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.