भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यूपी कांग्रेसको इन्चार्ज पदबाट प्रियंका गान्धी आउट

यूपी कांग्रेसको इन्चार्ज पदबाट प्रियंका गान्धी आउट

एजेन्सी । भारतीय कांग्रेसले आफ्नो संगठनमा धेरै महत्त्वपूर्ण परिवर्तन गरेको छ । अर्को वर्ष हुन लागेको लोकसभा चुनावअघि नेतृ प्रियंका गान्धीलाई यूपी कांग्रेसको इन्चार्ज पदबाट हटाइएको हो ।

यसबाहेक सचिन पायलटलाई छत्तीसगढ कांग्रेसको इन्चार्ज र एआईसीसीको महासचिव बनाइएको छ। मुकुल वासनिकलाई गुजरातको इन्चार्ज र रणदीप सुरजेवालालाई कर्नाटक राज्यको इन्चार्ज बनाइएको छ ।

पार्टीले केही दिनअघि मध्य प्रदेशमा पनि अध्यक्ष परिवर्तन गरेको थियो । पार्टीले यो जिम्मेवारी जितु पटवारीलाई दिएको छ । प्रियंकालाई अहिले कुनै नयाँ जिम्मेवारी दिइएको छैन । तर उनी एआईसीसी महासचिवमा रहनेछिन् । प्रियंकाको स्थानमा अविनाश पाण्डेलाई उत्तर प्रदेशको इन्चार्ज नियुक्त गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.