एजेन्सी । भारतीय कांग्रेसले आफ्नो संगठनमा धेरै महत्त्वपूर्ण परिवर्तन गरेको छ । अर्को वर्ष हुन लागेको लोकसभा चुनावअघि नेतृ प्रियंका गान्धीलाई यूपी कांग्रेसको इन्चार्ज पदबाट हटाइएको हो ।
यसबाहेक सचिन पायलटलाई छत्तीसगढ कांग्रेसको इन्चार्ज र एआईसीसीको महासचिव बनाइएको छ। मुकुल वासनिकलाई गुजरातको इन्चार्ज र रणदीप सुरजेवालालाई कर्नाटक राज्यको इन्चार्ज बनाइएको छ ।
पार्टीले केही दिनअघि मध्य प्रदेशमा पनि अध्यक्ष परिवर्तन गरेको थियो । पार्टीले यो जिम्मेवारी जितु पटवारीलाई दिएको छ । प्रियंकालाई अहिले कुनै नयाँ जिम्मेवारी दिइएको छैन । तर उनी एआईसीसी महासचिवमा रहनेछिन् । प्रियंकाको स्थानमा अविनाश पाण्डेलाई उत्तर प्रदेशको इन्चार्ज नियुक्त गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
तेल अभिभ । इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ। यो सम्झौता आइतबारदेखि लागू हुने भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालय र हमासले...
एजेन्सी । दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपीडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी-इन–अपोजिसन (एसपीएलए-आईओ) बीच झडप भएकाे छ । झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।...
काठमाडौं । कतारमा इजरेल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ । पन्ध्र महिनादेखि जारी युद्धको अन्त्य हुने अपेक्षासहित युद्धविराम आइतवारबाट कार्यान्वयनमा आउने बताइएको छ...
एजेन्सी । दक्षिणपश्चिम चीनको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल ३ हजार ६१४ पराकम्पहरू गएका छन् । धेरैजसो पराकम्पहरू ३ म्याग्निच्युडभन्दा कम भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।...