महोत्तरी । गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा आगजनी भएको छ । उपमेयर रेनुकुमारी महतो चढ्ने प्र २००२०००१ झ०००५ नम्बरको बुलेरो गाडीमा गएराति आगजानी भएको हो ।
रामनगरमा उपमेयरकै घरको ढोका अगाडि पार्किङ गरेर राखेको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर अगो लगाएका हुन् । समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयबासिन्दाले आगो निभाएपछि क्षति हुनबाट जोगिएको छ ।
अज्ञात व्यक्तिले पेट्रोल छर्केर अगाजनी गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए । आगलागीबाट देब्रे छेउको गाडीको पछाडिको टायर र अगाडिको टायरमा क्षति पुगेको छ । घटनास्थलबाट एकवटा दुई लिटरको पेट्रोल राख्ने बोतल बरामद भएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले सबैभन्दा धेरै हुलाकी राजमार्गमा कालोपत्रे गरेको छ । हुलाकी राजमार्गमा ४२.५ किलोमिटर सडक कालोपत्रे गरेको हो । सरकारले झण्डै २००...
काठमाडौँ । सबैभन्दा कम खर्च अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा भएको छ । कार्यक्रममा विनियोजित बजेटको जम्मा ८ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । विदेशी...
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे (रोहित)ले नेपालमा गणतन्त्र आए पनि गणतन्त्रविरोधीहरू अझै सक्रिय रहेको बताउँनु भएको छ । बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७...