भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

अमेरिकी प्रतिनिधिसभाले संघीय खर्च विधेयक पारित गर्दै शटडाउन अन्त्य

अमेरिकी प्रतिनिधिसभाले संघीय खर्च विधेयक पारित गर्दै शटडाउन अन्त्य

काठमाडौं, २७ कार्तिक । अमेरिकाको ४३ दिन लामो संघीय सरकारको शटडाउन अन्त्य भएको छ। अमेरिकी प्रतिनिधिसभाले संघीय खर्चसम्बन्धी विधेयक पारित गर्दै इतिहासकै सबैभन्दा लामो शटडाउन समाप्त गरेको हो।

अमेरिकी समय अनुसार बुधबार राति रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको प्रतिनिधिसभामा भएको मतदानमा २ सय २२ सांसदले विधेयकको समर्थन गरे भने २ सय ९ सांसदले विरोध जनाए। समर्थन गर्नेहरूमध्ये ६ जना डेमोक्र्याट सांसद थिए भने दुई जना रिपब्लिकनले विपक्षमा मतदान गरेका थिए।

अब लामो समयदेखि रोकिएको विधेयक राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरका लागि ह्वाइट हाउस पठाइनेछ। यसअघि सोमबार राति अमेरिकी सिनेटले पनि खर्च विधेयकलाई ६०–४० मतान्तरले पारित गरेको थियो।

विधेयकले जनवरी ३० सम्म सरकार सञ्चालन गर्ने व्यवस्था गरेको छ। छ हप्तादेखि तलबविनै बसेका लाखौं संघीय कर्मचारीलाई पुनः तलब प्राप्त हुने बाटो खुलेको छ। शटडाउनका कारण अत्यावश्यकबाहेकका सबै सरकारी सेवा ठप्प भएका थिए।

 


Thali Mobile Pvt.Ltd.